इनरुवा, बैशाख १० गते । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले आफ्नो क्षेत्रमा सामाजिक सदभावका लागि आम अपिल गर्नुभएको छ । अध्यक्ष अंसारीले आफ्नो अपिल तथा कार्यापालिकाको बैठकका बारेमा जानकारी दिनुहुदै सबै समप्रदायमा सद्भावपूर्ण सामाजिक एकताका लागि अपिल गर्नुभएको हो । उहाँले संविधानले नै बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेकाले त्यसलाई ध्यानमा राखेर असमझदारीहरुलाई आपसि संवाद, वार्ता र छलफलबाट समाधन गर्दै सद्भावपूर्ण सामाजिक सद्भाव आवश्यक रहेको बताउनुभएको छ । अंसारीले संविधानले नै सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेर बलियो राष्ट्र निर्माणको आधार सिर्जना गरेकाले सानातिना घटनाहरुलाई अतिरन्जित गर्ने र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार नगर्न आग्रह गर्नुभएको छ । धार्मिक क्षेत्रमा खलल पार्ने कार्य कानुनले निषेध गरेको स्मरण गराउनुहुदै सहिष्णुपूर्ण व्यवस्थापन गर्न आफूहरु लागिपरेको र त्यसमा सबैपक्षलाई सहनशील र भाईचाराको सम्बन्धलाई कायम राख्न अपिल गर्नुभएको छ ।
त्यसैगरी सोमबार बसेको कार्यपालिका बैठकले हरिनगर १ भुटाहा घटनाका घाईतेहरुलाई उपचार खर्चको लागि विलभर्पाई सहितको आवेदन सात दिन भित्रमा दिन अपिल गर्ने, सबै समुदायको आफ्नो धर्म, संस्कृति र परमपरालाई सम्मान गर्ने तथा सामाजिक सञ्जालमा कुनै व्यक्ति, संस्था वा समूहले फरक धार्मिक आस्थाका समुदायलाई लक्ष्यित गरेर स्टाटस नलेख्न आग्रह गर्ने, अनावश्यक रुपमा धर्ना, जुलुस र पर्दशन गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको अनुमती बाहेक पूर्ण निषेध गर्ने र दुई हप्तादेखी अवरोध रहेको गाउँपालिका तथा वडा कार्यालयहरुको सेवा नियमित रुपमा सुचारु गर्ने निणर्य गरेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।


फेसबुकमा हरिनगर ३ का जीवन मेहताले कुरानका बारेमा विवादस्पद वाक्यान्स लेखेपछि हरिनगरमा चैत २२ गते मेहता माथि अर्को समुदायबाट आक्रमण र त्यसपछि फरक फरक धार्मिक समुदायले ¥याली निकाल्ने प्रतिस्पर्धा देखाउन थालेका तनाव भएको थियो । चार दिनसम्म कफ्यु आदेश जारी भएको थियो । पछिल्लो सामाजिक तनावका पछाडि सामाजिक सञ्जालको दुरुपयोग बढी देखिएको समेत कार्यापालिका बैठकको ठहर रहेको समिक्षा गरिएको छ । एकछिनमा नै कुनै घटना विश्वभर पु¥याउने सामाजिक सञ्जालमा एकअर्काप्रतिको विद्वेषपूर्ण अभिव्यक्ति आपत्तिजनक र दण्डनीय भएकाले त्यसमा सबैलाई सचेत गराउने भएको छ । सामाजिक सञ्जालमा आधारहीन कुराहरू राख्ने, जातीय, धार्मिक, सांस्कृतिक भेदभाव वा दुर्भावलाई दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कुरालाई बढावा दिने वा प्रचलित कानुनले रोक लगाएका कुराहरू प्रकाशन÷प्रसारण गर्न नपाइने कानुनी प्रबन्धसमेतको हेक्का हरेक सूचना प्रविधि प्रयोगकर्ताले राख्नुपर्नेमा जोड दिएको छ ।