जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख ९ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकाले सञ्चालन गरेको गौरवशाली योजनाको रुपमा विधुतिकरण कार्यक्रमलाई ध्यानमा राखेर एलेक्ट्रिकल तालिम सुरु गरेको छ । गाउँका १८ देखी ४० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरेर एलेक्टिकल तालिम सुरु गरेको हो । जय नेपाल होटेल म्यानेजमेण्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रालिको प्राविधिक सहयोगमा देवानगञ्ज गाउँपालिकाले ५० दिने तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिनुभयो । गाउँपालिकाले ५० दिने निःशुल्क तालिम सञ्चालन गरेको र तालिममा ४० जनाको सहभागीता रहेको जानकारी दिनुभएको छ । प्रत्येक वडाबाट ५ देखी ७ जनाका दरले तालिममा सहभागी गराई तालिम दिन लागेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाले २४ करोडको सिचाई विधुतिकरणको कार्याक्रम सञ्चालनमा ल्याएको छ । विधुतको कामका लागि जनशक्ती चाहिने भएकाले एलेक्ट्रिकल तालिम सुरु गरेको उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभयो ।


१,सुनसरीको देवानगञ्ज गाउँपालिकामा विधुतिकरण कार्यक्रमलाई ध्यानमा राखेर एलेक्ट्रिकल तालिम उद्घाटन गर्नुहुदै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा
इनरुवाको एउटै वडामा ५० करोडको योजना
जयकृष्ण यादव । इनरुवा