सुनसरीकाे इनरुवा नगरपालिकाको आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । इनरुवा ५ मा सराेकारवाला बिचमा सुशासन र जवाफदेहिताको प्रमुख सूचक/औजारको रुपमा रहेको आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

इनरुवा नगरपालिकाको आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम तथा आगामी आ.व. २०८२/०८३ को लागि टोल/वडा स्तरीय योजना तर्जुमा गोष्ठीको तेस्रो दिन मिति २०८२/१/२४ गते ५ नं. वडा कार्यालयमा आयोजना गरिएको छ ।

नगरपालिका र वडाले गरेका कामकाजको विषयमा नागरिकलाई जानकारी गराउने, नागरिकको गुनासो सुन्ने, सल्लाहा सुझाव लिने कार्य भएको छ । मिति २०८२/१/२४ गते विहान ७ बजे ५ नं. वडा कार्यालयमा

कार्यक्रम भएको हो ।