विद्यालय अनुगमन जारी , शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन ः यादव

इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा जेठ ४ गते थप दुई विद्यलायमा अनुगमन गरेको छ ।

नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवका अनुसार नगरका विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति, खाजा कार्यक्रम, बुक कर्नर, एसआईपी, सामाजिक परीक्षण लगायत अन्य सबाल र समस्याको पहिचान गर्न अनुगमन चलिरहेको छ ।

यादवले बैशाखको पहिलो हप्तादेखि सुरु गरिएको अनुगमन तथा निरीक्षण अभियानले नगरभित्रका ३० वटा विद्यालय मध्ये हालसम्म २४ वटा विद्यालयको स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । बाँकी विद्यलायको निरीक्षण तथा अनुगमन पनि जारी रहेको यादवको भनाई छ ।


विहीबार गरिएको विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समितिका संयोजक दिलिपचन्द साहु र जिल्ला स्थित पत्रकारहरु मध्ये नवीन गड्ताैला र गनेश यादव सहितको सहभागिता रहेको थियो ।

टोलीले इनरुवा ४ को सिदार्थ आधारभुत विद्यालय र इनरुवा ८ को गणेश नेपाल राष्टिय आधारभुत विद्यलायको विहीबार गरिएको थियो ।


नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता नरहेको, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको, कक्षामा यातना र लठीको प्रयोग भएको, भौतिक पूर्वाधार कम्जोर रहेको, समयको पालनामा ख्याल नगरेको , नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी तथा शिक्षा शाखा र समितिले विद्यालयको पाँच वर्षदेखी स्थलगत अनुगमन तथा निरीक्षण नगरेको अवस्था पाइएको छ ।
महासंघले गरेको अनुगमनका क्रममा कुनै विद्यलायमा १७ वर्षपछि त कुनै पाँच वर्षपछि अनुगमन पुस्तिकामा लेख्ने गरि अनुगमन नभएको पाइएको जनाएको छ। महासंघले अनुगमन पश्चात अनुगमण टोलीले प्रतिवेदन रिर्पोट तयार गरेर आगामी वडा वडा र नगरपालिका तथा नगर कार्यपालिकाको बैठकमा पेश हुने गरि जिम्मा लगाउने बताईएको छ ।
यसबाट नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक अवस्था सुधारका लागि ठोस योजना तर्जुमा निर्माण गर्न टेपा पुग्ने अपेक्षा महासंघले लिएको जनाएको छ । विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघ, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समिति र जिल्ला स्थित पत्रकारहरुको पनि सहभागिता रहने गरेको छ ।
