भैसी ब्लक कार्यक्रम स्थगितको किसानद्धारा विरोध

सुनसरीको कोशी गाउँपालिकामा संचालित भैसी ब्लक कार्यक्रम स्थगितको भन्दै किसानले विरोध गरेका छन् । कोशी कटान प्रभावित क्षेत्रमा सिमित व्यक्तिलाई मात्र दिन सकने भएको तर माग धेरै आएको विषयमा विवाद भएपछि भैसी ब्लक कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगित भएको भन्दै किसानहरु विरोधमा उत्रेका छन् । पशु विज्ञ तथा भेटेरेनरी अस्पतालका कार्यालय प्रमुख कुमार सिंह खत्रीले बिबादका कारणले स्थगित भएको विषयमा आन्दोलित किसानले कार्यक्रम सुचारुको माग गर्दै निवेदन दिएको जानकारी दिनुभयो । भैंसी ब्लक अन्तरगत कोशीमा ३० जना किसानलाई छनौट गरेर जनही एकलाख रुपियाँ अनुदानको तयारी रहेकोमा केहीको विरोधले कार्यक्रम नै स्थगित भएको हो । कोशी प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषकहरुको लागत साझेदारीमा भैंसी ब्लक कार्यक्रम अन्तरगत कोशी गाउापालिकामा गत वर्षपनि भैंसी वितरण गरिएको थियो । भैंसी ब्लक कार्यक्रममा एउटै किसान र परिवारका सदस्यलाई अवसर दिएको भन्दै केही किसानले विरोध गरेको र सूचना समेत माग गरेकाले भैसी ब्लक कार्यक्रम स्थगित गरेको थियो । त्यसको विरोधमा फेरी पर्ने किसानहरुले पर्दशन र विरोध गरेका छन् ।

किसान मनटुन यादवले गाउँमा गत वर्ष वितरण गरिएका भैंसीबाट कम्तीमा पनि ५ बर्षसम्म आम्दानी लिने भएकाले किसानहरुलाई पुनः भैसी वितरण आग्रह गर्नुभयो । कोशी गाउँपालिका ६ मा बढी भैंसी वितरण गरिएको थियो । भैंसीबाट प्रयाप्त आम्दानी गर्न आग्रह गर्दै यसमा किसानले गडबढी गरे कारवाही हुने चेतावनी समेत पूर्व कार्यालय प्रमुखले दिनुभएको थियो । तर फेरी सोही भैंसी वितरण कार्यक्रममा ९२ वटा निवेदन आएको र स्रोतले ३० जना किसानलाई मात्रै पुग्ने भएकाले छनौट गरेकोमा बाकी किसानले विरोध गरेकाले भैसी ब्लक कार्यक्रम स्थगित गरिएको विज्ञ केन्द्रको दावी रहेको छ ।
