दिनेश यादव । विराटनगर
मोरगंको बुढीगंगा गाउँपालिकामा बुढीगंगा सहकारी सञ्जालको नयाँ कार्यसमिति चयन भएको छ । बुढीगंगा गाउँपालिका कार्यक्षेत्र भित्र रहेको बचत तथा ऋण, कृषी तथा बहुउद्देशीय गरी २३ वटा सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थितीमा गाउँपालिकास्तरीय सहकारी सञ्जाल गठन गरिएको हो ।


नवराज कोइरालाको सभापतित्वमा टंकीसिनवारीमा बसेको सहकारी बैठक तथा भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । दिपेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको सहकारीकर्मीहरुले बताएका छन् । नवगठित सञ्जालको कार्यसमितीमा उपाध्यक्षमा सागर बराल, सचिवमा राजेश न्यौपाने, कोषाध्यक्षमा कमला चौधरी, सहसचिवमा खेमराज भट्टराई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशव प्रसाद ढुङ्गाना, प्रेम प्रसाद घिमिरे, रोहिनी प्रसाद पौडेल, कल्पना कुमारी गच्छदार, उर्मिला दाहाल पोखरेल र पदम कार्की रहनु भएको छ । संस्थका राजेश न्यौपानेका अनुसार भेलाले सहकारी सञ्जाल गठन गरेर गाउँपालिकासंग प्रत्यक्ष रूपमा सहकार्य गरी यहाँ रहेका सम्पूर्ण सहकारीको विकास तथा सहकारी प्रतिको विश्वास ग्राहकमा बढाउने विश्वास व्यक्त गरेको छ । सञ्जालले ग्राहकलाई विश्वास कायम राख्न प्रमुख भुमिका निर्वाह गर्ने तथा गाउपालिकालाई आवश्यक सहकारीको स्तरोन्नतीको लागी आवश्यक राय, सल्लाह सुझाव र पृष्ठपोष्ण गर्ने निणर्य सहित भेला सम्पन्न भएको थियो ।