‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २२ औं शृङ्खला

जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ६ गते । जिल्लाको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २२ औं मासिक शृङ्खला तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो । यहाँका साहित्यकारहरुको गीत, गजल, कविता र लघुनाटक बाचन र अभिनय सहित २२ औं शृङ्खला इनरुवा–१ को भगवती माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित कोशी प्रदेशको उद्यपुर, मोरगं र सुनसरीको इटहरी उपमहानगरपालिका, रामधुनी र इनरुवा नगरपालिका क्षेत्रका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।






कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता तथा प्रगतिशिल लेखक संघ उद्यपुरको अध्यक्ष माधवप्रसाद पोखरेल गोजांग्रेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार भरत प्रसाद गुरागाई (बर्बरीक), जिवनाथ पोखरेल(पञ्छी), कान्ता पोखरेल भट्टराई, युवराज दाहाल, रमेन्द्र कोईराला, प्राज्ञ रामप्रसाद खरेल, प्रकाश अनुराग, झोटन मेहता, रंगलाल भट्टराई, जयकृष्ण यादव लगायतले रचना बाचन गर्नुभएको थियो ।त्यस्तै, कार्यक्रममा तीन पुस्ते साहित्यकारहरुले आ आफ्नो रचना बाचन गर्नुभएको थियो ।

यसैबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा कविता विभागमा प्रवेश गर्नुभएका प्राज्ञ रामप्रसाद खरेललाई सम्मान गरेको छ ।

