जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ७ गते । इनरुवा नगरपालिका ८ को गणेश नेपाल राष्टिय आधारभुत विद्यालयमा खाली खुट्टामा आउने विधार्थीहरुलाई सहयोगीले चप्पल प्रदान गरेको छ । विद्यालयका २९ जना विधार्थीहरुलाई गढी गाउँपालिका २ का समाजसेवी सहयोगी विद्यानन्द यादवले चप्पल प्रदान गर्नुभएको छ ।


यादवले राष्टिय समाचार समितिका पत्रकार नविन गड्तौला, गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सहितको पहलमा चप्पल प्रदान गर्नुभएको हो ।


सुनसरीको इनरुवा नगरपालिकाको ८ नम्वर वडाको गणेश नेपाल राष्टिय आधारभुत विधालयमा तीन दिनअघि विधालय व्यवस्थापन समिति महासंघ इनरुवा नगरपालिका समितिका अध्यक्ष जयकृष्ण यादव, राससका पत्रकार नविन गड्तौला, पत्रकार गनेश यादव सहितको अनुगमन भएको थियो । सोही क्रमममा राससका पत्रकार नविन गड्तौलाले खिच्नुभएको तस्विर देशभरको मिडियामा प्रकाशन भएको प्रभावले हेरेर उपकारी सहयोगी मन भएको गढी निवासी विधान्नद यादवले बालबालिकालाई विद्यालयमै पुगेर चप्पल हस्तान्तरण गर्नुभयो ।सीमान्तकृत मुसहर समुदायका विद्यार्थीहरुलाई गोकुल किड्सी स्कूल दुहबीका सञ्चालक श्री विद्यानन्द यादव आफ्नो जन्म दिनको अवसरमा खाली खुट्टा विद्यालय आउने गरेको विद्यार्थीहरुलाई चप्पल प्रदान गर्नु भएको छ।


१, गढी गाउँपालिका २ का समाजसेवी सहयोगी विद्यानन्द यादवले गणेश नेपाल राष्टिय आधारभुत विद्यालयमा खाली खुट्टामा आउने विधार्थीहरुलाई चप्पल प्रदान गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा