जज न्यूज सम्वाददाता
इनरुवा, जेठ ९ गते । सुनसरीको इनरुवा–१ जेल मैदान नजिकै सीताराम नाम जप महायज्ञ दुईसात्तादेखी जारी रहेको छ । हनुमान आराधना मण्डली नेपालको आयोजनामा सीताराम नाम जप महायज्ञ जारी रहेको हो । झण्डै १८ वर्ष लामो समयदेखि इनरुवा–१ जेल फिल्डको पछाडि निर्माणाधीन अवस्थामा रहेको श्री हनुमान मन्दिरको पूर्ण निर्माण तथा जनजागरण बढाउने उदेश्यले महायज्ञको आयोजना गरिएको संयोजक अभिनन्द यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार १८ वर्षदेखी ओझेलमा परेको मन्दिर निर्माण र इनरुवामा धार्मिक पर्यटक प्रवर्धन गर्नका लागिसीताराम नाम जप महायज्ञ जारी रहेको छ । मन्दिरका लागि स्थानीय जग्गादाता जयराम ठाकुर (दल्लु)ले दान गर्नुभएको जग्गामा श्री हनुमान मन्दिरको निर्माणको कार्य सुरु भएको दुई दशक हुदा समेत पूर्ण निर्माण नभएकाले स्थानीयहरु सकृयता देखाएको बताइएको छ ।

स्थानीयहरुले स्वतःस्र्फूत रुपमा निर्माणाधीन मन्दिरको पूर्णताको प्रयासमा जुडेको स्थानीय पत्रकार प्रकाश अनुरागले जानकारी दिनुभयो । कार्यक्रम उत्सवको रुपमा जारी रहेको आयोजक समितिका सचिव मुन्ना कुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरीका धार्मिक पर्यटकहरुको उपस्थिती रहेको स्थानीय हिरकिसुन साहले जानकारी दिनुभयो ।