मुनाफ हसन । इनरुवा
मुस्लीमहरुको पवित्र धार्मिक स्थल साउदीको मक्का मदिनामा हज गर्न जाने इनरुवाका ४ जना हाजीहरुलाई इनरुवा नगरपालिका २ का वडा अध्यक्ष विश्वनाथ ठाकुरले विदाई तथा सम्मान गर्नुभएको छ । हाजिहरुलाई विदाई गर्नुहुँदै ठाकुरले धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रह गर्नुभयो । इनरुवा वडा नम्बर २ मा आयोजित एक कार्यक्रमका बीच ठाकुरले सम्मान सहित विदाई गर्नुभएको हो । हज यात्रीलाई ठाकुरले खादा लगाएर पुष्प गुच्छा दिँदै शुभयात्राको कामना सहित बिदाई गर्नुभएको हो ।

इनरुवाका लागि हजयात्री विदाई तथा सम्मान कार्यक्रम ऐतिहासिक काम भएको समाजसेवी हजरत मंसुरीले जानकारी दिनुभयो । मंसुरीले धार्मिक सहिष्णुताका लागि अनुपम कार्य भएको र इस्लाम समुदायको वडा सरकारले सम्मान गरेको बताउनुभयो । कार्यक्रमले मुस्लिमहरुको सम्मान भएको र आफूहरुको समुदायको हितमा वडा सरकार रहेको सन्देश समेत प्रवाह भएको पूर्व वडा सदस्य वाहव अंसारीले जानकारी दिनुभयो । वडामा रहेका मुस्लिम समुदायको हितमा वडाले कार्य गर्दै आएको र वैदेशिक धार्मिक पर्यटन र तिर्थ यात्रा गर्न जाने हज यात्रीलाई विदाई तथा सम्मान गरेको इनरुवा २ का वडा सचिव प्रदिप कुमार मण्डलले बताउनुभयो । सम्मान तथा विदाई कार्यक्रममा हाजिहरु डा अहमद हुसेन, हुसन आरा, समिम अख्खतर, नसिम अहमद सहितलाई विदाई गरिएको थियो । कार्यक्रममा आदिल खाँन, हजरत हुसेन, वाहव अंसारी, अख्तर खाँन, राजकुमार राम, प्रदिप मण्डल, अब्बुल गफुर खाँन, वडा सदस्य वीरेन्द्र कुमार मेहता, धनसरी राम, पत्रकार मुनाफ हसन सहितको उपस्थिती रहेको थियो ।