इनरुवा, जेठ १० गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा रामधुनी सामुदायिक वन समितिका अध्यक्ष सहितका पदाधिकारीहरुले सामुदायिक वनमा ठूलो परिमाणमा हरियो रुख काटिएको गुनासो बाहिर आएको छ । स्थानीय बासिन्दाका अनुसार रामधुनीमा यसअघि कहिल्यै यसरी ठूलो वन फडानी भएको थिएन ।
स्थानीयहरुले विरोध गरेपछि रामधुनी सामुदायिक वन समितिका अध्यक्ष जगतबहादुर कटुवाल र उपाध्यक्ष जितबहादुर बस्नेत सहितकाले २१९ थान गोलिया गैरकानुनी रुपमा कटान गरेर राखेकाले रुख काट्नेहरु रुख काटिएको गुनासो बाहिर आएको हो ।


वन क्षेत्रमा गोलियाका थुप्रो लागेको स्थनाीयहरुले बताएका छन् । राजनीतिक दल, वनकर्मी र सामुदायिक वन पदाधिकारीको मिलोमतोमा कटानी भएको स्थानीयको आरोप छ । डिभिजन वन कार्यालयका अधिकृतले १३ सय क्युविक काठको अनुमती दिएको भनए पनि , काचो रुख बढी काटेर २१९ थान काठको गोलिया बरामत गरेको महिना वित्दा समेत सुनुवाई नभएको युदिष्ठर चन्द्रवंशीले जनाकारी दिनुभयो ।


आफूहरुले वन विनास नगरेको तर लडेपरेका काठहरुका कारणले अनुमती भन्दा २१९ थान गोलिया बढी देखिएको रामधुनी सामुदायिक वन समितिका अध्यक्ष जगतबहादुर कटुवालले प्रतिकृया दिनुभयो ।
रामधुनी सामुदायिक वन समितिमा देखिएको उपभोक्ता र समितिको बिबादका कारेमा लालपुर सेक्टर वनका श्याम महतोले केहीले आफूहरुलाई बिबादमा तन्नका लागि आरोप लगाएको दावी गर्नुभयो । स्थानीयहरुले भने सेक्टर कार्यालय प्रमुख, समिति सहितको मिलिभगतमा काठ तस्करी भएको दावी गरेको छ ।