जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ११ गते । खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुभएको छ ।


सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रुपियाँको लाग्तमा कृषि विधुतिकरणको शिलान्यास गर्न पाउदाँ खुसी लागेको बताउनुहुदै समयमा काम सक्न आग्रह गर्नुभयो ।
मन्त्री लिम्बुका अनुसार देवानगञ्ज गाउँपालिकाले कोशी प्रदेशमा मात्रै नभई नेपालमै पहिलो पटक ठूलो योजनाको रुपमा कृषि विधुतिकरणको योजना शिालान्यास गरिएको हो । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको विशेष पहलमा नेपाल विधुत प्राधिकरण इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झाको सहकार्यमा गौरबसाली योजनाको रुपमा सिलान्यास भएको स्थानीय विवेक मेहताले जानकारी दिनुभयो । कृषि र सिचाईमा देवानगञ्ज गाउँपालिकाले छुट्टै पहिचान स्थापित गर्नका लागि कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको जनाएको छ ।


सडक क्षेत्रमा मात्रै नभई कृषि उत्पादन हुने क्षेत्रमा विधुतिकरण विस्तार गरेर गाउँपालिकाको समन्वयमा कृषि मिटर वितरण गर्ने जनाएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र कार्यालयका प्रमुख अभिनभ झाले गाउँपालिकाको पहलमा काम सुरु भएकोले त्यसलाई सार्थक पार्नुपर्ने जारुरी रहेको बताउनुभयो । विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि कृषिमा किसानको उत्साह बढ्ने दावी गरिएको छ ।
किसानहरुका बीचमा विधुतिकरणको अभियान सुरु गरिएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिनुभयो । उहाँले किसानलाई कृषि मिटर वितरण गर्ने र गाउँपालिकाले विद्युत चुहावट मुक्त गर्ने बताउनुभयो ।
प्रत्येक १० विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने, बालुवा भएको क्षेत्रमा प्रत्येक ५ विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने बताउनुभयो । गाउँपालिका र प्राधिकरणको संयुक्त लगानीमा गाउँपालिकाका किसानलाई लाभ पुग्ने गरि काम सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र इनरुवाका प्रमुख अभिनव झाले जानकारी दिनुभयो ।
किसानहरूको सुविधाको लागि विधुतीकरण गर्ने योजनाको शिलान्यास देवानगञ्जमा गर्न पाउदाँ खुसी लागेको कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले जानकारी दिनुभएको छ । महेताले नहर भएर पनि पानी नपुगेको सीमावर्ती क्षेत्रका किसानलाई कृषि विधुतीकरण प्रभावकारी हुने बताउनुभयो । शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले योजनाको पहिलो चरणमा १० करोडको योजना आफूहरुको वडा नंम्बर २, ३, ४, र ५ मा सञ्चालन गरिने भएको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा १३ करोडको योजना वडा नं. १, ६ र ७ मा संचालन गरी पालिकालाई पूर्ण रुपमा विधुतीकरण गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
किसान नन्दन मेहताले गाउँको प्रत्येक ५।१० विघामा एक । एक विघामा विद्युत मोटर निशुल्क राख्ने, खेतमै कृषि मिटर जडान गर्ने गरी प्राविधिकरणले किसानको खेतखेतमै पुगेर कृषि मिटर जडान गर्ने भएकाले किसानहरु खुसी भएको बताउनुभयो ।
देवानगञ्ज गाउँपालिकाको पाचँ करोड र नेपाल विधुत प्राधिकरणको पाँच करोड रुपियाँ लागानि सहित १० करोड लगानिमा काम सुरू भएको छ । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रसाद मेहता, विधुत प्राधिकरण कोशि प्रदेश प्रमुख उमेश झा, इनरूवा वितरण केन्द्रका प्रमुख अभिनव झा, देवानगञ्ज ३ नम्बर वडा अध्यक्ष अनिल भगत, २ का वडा अध्यक्ष जगनरायण मेहता, ६ का वडा अध्यक्ष हरिन्दन मेहता, ४ वडा अध्यक्ष सुशील मेहता, ५ का वडा अध्यक्ष मनोज मण्डल, कार्यपालिका सदस्य मनोज भगत लागयतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिका कृषिमा अधारित पालिका भएकोले गाउँपालिकाको किसान सम्पन्न, समृद्ध र खुशिभएपछि मात्र यहाँको स्थानियहरू सुखि र खुशि हुने बताउनुभयो । कृषिमा आधुनिकिकरण गरि गाउँपालिकालाई नोपल कै नमुना गाउँपालिका बनाउने योजनामा रहको मेहताले बताउनुभयो । कृषि विधुतिकरण योजना नेपालमै पहिलो भएकोले किसानहरूको सिचाईको समस्या सामाधान हुने इनरूवा वितरण केन्द्रका प्रमुख झाले बताउनुभयो ।

१, देवनागञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुहुदै ।
तस्विर ः ============। इनरुवा