इनरुवा, जेठ १४ गते । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीको १६ औं स्थपना दिवश मनाइएको छ । दिवशको अवसरमा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

स्थापना दिवशको अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराईले सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक कृष्ण कुमार खड्का, सशस्त्र प्रहरी नायव निरीक्षक हेम बहादुर पाण्डे, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार सिताराम कार्की, सशस्त्र प्रहरी हबल्दार दलबहादुर भारती, सशस्त्र प्रहरी जवान अन्जान लिम्बु सहितलाई उत्कृष्ट सशस्त्र प्रहरी पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।

प्रमुख अथिति समेत रहनुभएका सशस्त्र प्रहरी बल, नेपाल नं.१ बहार बाहिनी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सहायक बाहिनीपति विश्वकुमार भट्टराईले सशस्त्र द्धन्द्धदेखी सीमा सुरक्षासम्मको काममा उत्कृष्ट रुपमा काम गर्दै आएको सशस्त्र प्रहरी कार्मचारीको प्रसंसा गर्नुभयो । उहाँले व्यक्तिगत स्वर्थ भन्दा माथि उठेर देश र जनताको सेवामा आएका सशस्त्र प्रहरीहरुलाई आफ्नो काममा निष्ठापूर्वक लाग्न निर्देशन समेत दिनुभयो । दिवशको अवसरमा आयोजित कार्यक्रममा विषेश अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सशस्त्र प्रहरीको सुरक्षामा महत्वपूर्ण योगदान गरेको र सुनसरीमा १६ वर्षदेखी निरन्तर रुपमा सेवा गर्दै आएकोमा बधाई दिनुभयो । उहाँले स्थपना कालका प्रमुख हाल सेवा निवृत डिआईजी नगेन्द्र थापा सहित वाहालबाला बरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाफे सहितको समन्वयले शान्ती सुरक्षा मजसुर रहेको भन्दै प्रसंशा गर्नुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगंना, सशस्त्र प्रहरी नायव उपरीक्षक विजय कुमार चौधरी, सुनसरी भन्सार कार्यालय कोसी ब्यारेज प्रमुख गणपती कडेल, जिल्ला अस्पताल प्रमुख डा. देवराज घिमिरे, उद्योग बाणिज्य संघ इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई सहितको उपस्थिती रहेको थियो ।


१, इनरूवा नगरपालिका वडा नं.४ मा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीको १६ औं स्थपना दिवशको कार्यक्रम उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा