गणतन्त्र दिवशमा प्रभातफेरी र फलफुल वितरण
गणतन्त्र दिवशमा प्रभातफेरी र फलफुल वितरण
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १५ गते । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १६ पुरा भएको अवसरमा सुनसरीको इनरुवामा भव्यताका साथ गणतन्त्र दिवस मनाइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको १६ वर्ष पुरा भएको अवसरमा इनरुवामा १६ औं गणतन्त्र दिवशमा प्रभातफेरी र विरामीलाई फलफुल वितरण गरिएको छ । गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिकाबाट प्रभातफेरी निकाली नगरको परिक्रममा सहित विहान जिल्ला अस्पातल सुनसरीका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
देशमा २०६२।०६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा गणतन्त्र घोषणा गरेको सम्झनामा प्रभातफेरी र विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
गणतन्त्र दिवशमा निकालिएको प्रभातफेरीमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक लकेश तुम्बाहाम्पे सहितको उपस्थिती रहेको थियो । उहाँहरुले अस्पातलको ओपीडि र इमेर्जेन्सी कक्षमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।
देशमा राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।
सोहि अवसरमा सुनसरीमा पनि प्रभातफेरी सहित जिल्ला अस्पताल सुनसरीमा विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा प्रमखु जिल्ला अधिकारी पाण्डे सहित विभिन्न वडाका जनप्रतिनिधीहरुको उपस्तिथी रहेको थियो ।