नेपाली कांग्रेस हरिनगर गाउँपालिका सम्मेलन सम्पन्न
नेपाली कांग्रेस हरिनगर गाउँपालिका सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । बुधबार भव्य समारोहका बीच नेपाली काग्रेंस सुनसरी क्षेत्र नं.४ अन्तर्गत हरिनगर गाउँपालिका सम्मेलन २०८० सम्पन्न भएको हो । भव्य समारोहमा पार्टीले पालिकास्तरीय कार्यकर्ता भेला गराई पहिलो सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव वीरेन्द्र कुमार साहले गाउँपालिका सम्मेलनको औचित्यबारे बोल्नु हुदै पार्टीभीत्रको लोकतन्त्र मजबुत पार्नुपर्ने र एकअर्काप्रतिको सद्भाव आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता तथा हरिनगर गाउँपालिकाका अध्यक्ष एवम् महासमिति सदस्य हाजी गफार अन्सारीले पार्टीको कारणले आफूहरु रहेकाले पार्टीलाई दर्शनको रुपमा लिएर सम्मान गर्नुपर्ने पार्टीमा रहेकाले गौरवको महसुस गर्नुपर्ने बताउनुभयो । अंसारीले महत्वपूर्ण सुझाव सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाली काँग्रेस हरिनगर गाउँपालिकाले आयोजना गरेको सम्मेलन कार्यक्रम संचालनमा आन्तरीक रुपमा रहेका केही कमि कमजोरीको सुधार गर्ने र आलोचनालाई सुझावको रुपमा लिएको जनाएको छ । जनतामा नेपाली काँग्रेस प्रति विश्वास बढ्दै गएकाले जनताका हरेक समस्या, आँकाक्षा र जनमुखि कामका लागि नेपाली नेता कार्यकर्ता बढि अग्रसर रहनु पर्नेमा जोड दिएको छ । काँग्रेसले स्थानीय तहको चुनावमा गरेका जनतासँगको प्रतिवद्धता पुरा गर्न स्थानीय सरकार र नेपाली काँग्रेससँगको समन्वयमा हरेक विकासका योजना, विकासका काममा जनतासँगै नेपाली काँग्रेसको कार्यकर्ताहरुको सहभागिता गराएर अगाडि बढे नेपाली काँग्रेस भित्र रहेका असन्तुष्टि हटने तर्क समेत सम्मेलनमा उठेको थियो । नेपाली काँग्रेस सुदृढिकरणमा चमत्कारीक उपलब्धि निश्चित हुने पत्रकार तालिम अंसारीको तर्क छ । सम्मेलनमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व जिल्ला सभापति राजीव कोईराला, कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरी, जिल्ला सभापति एवम् इनरुवा नगर प्रमुख केदार भण्डारी, पार्टी सचिब वीरेन्द्र कुमार साह लगायतले कांग्रेसको मुख्य शक्ति भनेकै सक्रिय सदस्य निर्माण गर्नु र परिचालन गर्नु रहेकोले शक्तिको पहिचान गर्न आवश्यक रहेको बताएका थिए ।
इतिहास बिना कसैको अस्तित्व हुन न सक्ने भएकोले नेपाली कांग्रेसमा अतुलनीय योगदान दिएका नेताहरुको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । वत्ताहरुले नेपाली कांग्रेसलाई सुदृढ बनाउन निषेधको राजनीति त्याग्न सबैलाई अनुरोध गरेका थिए । निषेधको राजनीतिले कसैलाई माथि पु¥याउन नसक्ने भन्दै उनीहरुले कार्यकर्तालाई सबैको विचार समेटेर नेतृत्वले काम गर्नुपर्ने बताएका थिए ।