जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ १७ गते । इनरुवा नगरपालिकाले आफ्नो अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा नगर क्षेत्रभित्रका सरोकारबालाहरुसंग छलफल गरेको छ । नगर प्रमुख केदार भण्डारीले सिमिति स्रोतसाधनका बीचमा सबैक्षेत्रमा काम गर्ने गरि आवश्यकतामा आधारित कार्यक्रम ल्याउन नयाँ आर्थिक वर्षका लागि छलफल गर्नुभएको हो । नगरको नीति तथा कार्यक्रमबारेमा नगरका विभिन्न राजनीतिक दलका नेताहरु, प्रमुख र उपप्रमुखका प्रत्यासीहरु, विषयगत शाखाहरु, पूर्व नगर प्रमुखहरु, गैरसरकारी संस्था र पत्रकार समेतको बीचमा वृहत् छलफल गरेको छ ।
नगरपालिकामा सरोकारबालाको उपस्थितिमा स्थानाीय सरकारको नीति तथा कार्यक्रमबारेमा छलफल भएको प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।


छलफलमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरि, काग्रेंसका नगर उपसभापती विनिता दाहाल, माओवादीबाट नगर प्रमुखका उम्मेदबार विमला पोखरेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, पूर्व नगर प्रमुख गोपाल कोईराला, उधोग बाणिज्य संघ इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह सहितको सहभागी हुनुहुन्थ्यो ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम यही असार १० गते नगर सभामा पेस भएपछि सरोकारहरुले दिएका सुझावलाई समेत ध्यानमा राखेर वार्षिक बजेट ल्याउने प्रयासमा नगरपालिका जुटेको प्रमुख प्रशासयिक अधिकृत दशरथ राईले जानकारी दिनुभयो ।
नेपालको संविधान अनुसार, हरेक वर्षको असार १० गते स्थानीय सरकारको वार्षिक आयव्ययको विवरण बजेट नगरसभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार तयारी स्वरुप छलफल गरेको उपप्रमुख विनिता कुमारी मेहताले जानकारी दिनुभयो ।