जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २१ गते । कवर्डी खेलाडीहरुको जिल्ला भेलाले नेपाल कबर्डी संघ सुनसरीको नयाँ नेतृत्व चयन गरेको छ । संघको दोस्रो जिल्ला भेला तथा अधिवेशनले कवर्डीका अन्तराष्टिय खेलाडी तरुण कुमार यादवको अध्यक्षता १३ सदस्य नेपाल कबर्डी संघ सुनसरीको नयाँ नेतृत्व चयन गरेको हो । नेपाल कबर्डी संघ सुनसरीको उपाधयक्षदोयमा सकलदेव यादव र खगेन्द्र गुप्ता, सचिवमा कपलदेव यादव र सहचिवमा नरेश कुमार मण्डल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा अनिल कुमार यादव, गुग्नु साह, जबर कार्की, सुरज लुईटेल, प्रतिक फुयाल, हरिनन्दन यादव र राजन यादव चयन हुनुभएको छ ।


१, नेपाल कबर्डी संघ सुनसरीको नयाँ नेतृत्व चयन भएपछि सामूहिक तस्विर खिचाउदै ।


२, नेपाल कबर्डी संघ सुनसरीको संस्थाप खेलाडीको रुपमा नयाँ नेतृत्वले खेलाडी श्यामप्रसाद यादवलाई सम्मान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा