बालबालिकाले थाले बालभित्ते पत्रिका

इनरुवा,जेठ २१ गते । सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विधालयका बालबालिकाहरुले बालभित्ते पत्रिका निकाल्न थालेका छन् ।


बालबालिकाहरुको सूचना, समाचार र अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले पत्रकार जयकृष्ण यादवको सहजिकरण तथा चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विधालयका प्रधानाध्यापक काशीराम चौधरी, शिक्षक शुभकलाल सरदारको सहयोग र समन्वयमा बालबालिकाहरुले बालभित्ते पत्रिका निकाल्न थालेका हुन् ।



बालभित्ते पत्रिका बाल पत्रकारहरुले तालिम लिएर नेरा हरी बाल कल्व र जुनियर रेडक्रस सर्कल चान्दबेलाले संयुक्त रुपमा निकाल्न थालेको जनाएको छ । बालबालिकाहरुले थालेको बालभित्ते पत्रिकामा २१ जना जना सम्पादन टिममा रहेको र प्रत्येक महिना समूह विभाजन गरेर पत्रिकाका लागि सामग्रि संकलन गर्ने प्रकाशनसम्मको काम गर्ने विद्यालयले जनाएको छ ।



१, सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विधालयका बालबालिकाहरुले बालभित्ते पत्रिका सार्वजनिक गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

