सुरक्षित आवाश गृहको अनुगमन
जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २२ गते । सुनसरीका सेफ हाउस अर्थत सुरक्षित आवाश गृहको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे सहितको टोलीले हिसाँ पीडितहरुलाई राखिएको सुरक्षित आवश गृहको अनुगमन गरिएको हो । सुरक्षित आवाश गृह मापदण्ड अनुसारको भएनभएको, सुरक्षित रहेनरहेको, सेवासुविधाहरु प्रयाप्त भएनभएको विषयमा अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जानकारी दिनुभयो । अनुगमन गरिएको इनरुवा, इटहरी र बराहक्षेत्रका सेफ हाउसहरु प्रभावकारी रुपमै सञ्चालन गरेको पाइएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले घेराबेरा नभएको ठाउँमा घेराबेराका लागि पहल गर्न , शिपमुलक तालिम र मनोविमर्श तालिम दिएर पीडा विसर्ने कार्यमा लाग्न प्रेरित गर्न, फुलवारी र पर्यावरणिय मनोरम स्थानको रुपमा परिणत गर्न सुझाव तथा निर्देशन दिनुभयो ।
सेफ हाउस अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख कमला खतिवडा, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहता, जिल्ला अस्पातल सुनसरीका डा.देवराज घिमिरे, समितिका सदस्य तोया गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारी, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, ओरेककी विमला घिमिरे, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सहजादी प्रविण, स्वास्थ्यकर्मी भुमि धामी, पत्रकार जयकृष्ण यादव सहितको रहनुभएको थियो । पीडितका परिवारलाई पनि सुरक्षित रहने वतावरण रहेनरहेको बारेमा समेत टोलीले जानकारी दिएको थियो ।
१, सुनसरीको इटहरीमा सुरक्षित आवाश गृहको अनुगमन गर्दै ।