इनरुवा, जेठ २२ गते । जिल्लाको सदरमुकाम भएर पनि शिक्षा क्षेत्रको विकास सन्तोशजनक नभएको भन्दै सुनसरीको इनरुवा नगरपालिकामा शिक्षाका सरोकारबालाहरुले ज्ञापन पत्र बुझाएका छन् । गत वैशाख ९ गते सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको भेलाले नगरस्तरीय महासंघ गठन गरेको दोस्रो महिनामा महासंघको तर्फबाट इनरुवा शिक्षा समिति, नगरपालिका र सरोकारबालाहरुसंगको समन्वयमा सबै सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन तथा निरिक्षाण गरीएको थियो । सोही अनुगमनका क्रममा देखिएको सवालहरुलाई समेटिएर विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट नगरप्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । पदाधिकारीहरु र सदस्यहरुले अनुगमन गर्दा धेरै समस्याहरु र सवालहरु देखिएपनि तत्काल सामान्य इन्धन सहित सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
महासंघले यहाँ विद्यालयमा शिक्षक र विधार्थी अनुपात नमिलेको र केही आधारभुत विद्यालयको कक्षा ५ सम्म तह शिक्षक कम भएकोले यसको व्यवस्थापन गर्न स्वयम सेवक शिक्षाक तथा दरबन्दी मिलान र आन्तरिक शिक्षक सरुवाको निति अबलम्बन गर्नुपर्ने ।
त्यसैगरी शिक्षक र विधार्थी अनुपात मिलेको भएपनि केही विद्यालयमा विषयगत शिक्षकको अभावदेखिएकाले नगरपालिकाले शिक्षा ऐन, कानुन, कार्यविधि र नियमावली निर्माणगरि नीजिस्रोतबाट कम्तीमा ३० जना शिक्षकको व्यवस्था मिलाउनुपर्ने, अग्रेंजी माध्यमको कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई किताव किन्न थप रकमको व्यवस्था अभिलम्ब गर्नुपर्ने , गरिब ,विपन्न र दलित समुदायका बालबालिकाहरु चप्पल विना आउने भएकाले उनीहरुलाई चप्पल वा जुत्ता, झोला, स्टेस्नरी सहितको व्यवस्था अभिलम्ब गर्नुपर्ने सुझाव दिएका छन् ।।उता बाल विकास केन्द्रहरु निष्कृय र जागिर खाने थलोको रुपमाकेही देखिएकाले अनुगमन गरि व्यवस्थापन गर्नुपर्ने र अस्तव्यस्त भएकालाई कारवाहीको दायरामा ल्याउनुपर्ने । त्यसैगरी ज्ञापन पत्रमा नगरक्षेत्रका प्रत्येक वडामा कम्तीमा एक । एक वटा नमुना विद्यालय बनाउनका लागि नीति र कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याउन कम्तीमा प्रत्येक विद्यालयमा १० लाख रुपियाँ बजेटको व्यवस्था गर्नुपर्ने माग अघि सारेको उपाध्यक्ष विश्वनाथ ओझाले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा शसत्र कार्यक्रम बाहेक आवश्यकतामा आधारित स्थलगत अनुगमन तथा निरीक्षण गरेर उचित बजेटको व्यवस्था अभिलम्ब गर्नुपन, विद्यालयहरुमा निर्माण भएका भवनहरु अधुरा रहेकोर झ्याल ढोका समेत नभएकोले ( सरस्वती मावि बबिया, त्रिभुवन मावि डुम्राहा ) सहितलाई प्राविधिक मूल्याकन गरेर बजेट व्यवस्थापन गर्नुपर्ने भनिएको छ । उता कक्षा १० संचालन भएका विद्यालयहरु जस्ले कक्षा स्तोरोन्नती अर्थात कक्षा ११ को थप कक्षा अनुमती दिने व्यवस्था निर्णय सहित अभिलम्ब कार्यान्वयन गर्नुपर्ने , तहगत र विषयगत शिक्षक सरुवालाई अभिलम्ब कार्यान्वयन गर्नुपर्ने, प्रत्येक हप्ता अतिरिक्त कृयाकलाप कार्यक्रम गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्नुपर्ने भनिएको छ ।
त्यसैगरी प्रत्येक विद्यालयमा शिक्षक, विधार्थी, अभिभावक र स्थानीय तहको अचारसंहिता निर्माणगरि कार्यान्वयनमा ल्याउनुपर्ने , विद्यालयको शैक्षिकगुणस्तरका लागि प्रभावकारी अनुगमन संमयन्त्र निर्माण गरि कार्यान्वयनमा ल्याउनुपर्ने, उत्कृष्ट शिक्षक, स्मउट, उत्कृष्ट विधार्थी र उत्कृष्ट वा असल अभिभावक, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति सम्मान तथा पुरस्कार कार्यक्रम ल्याउनुपर्ने र त्यसका लागि कार्यविधि निर्माण गरि कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था गर्नुपर्ने सुझवा दिएका छन् । इनरुवा नगरक्षेत्रमा कम्पतीमा एउटा प्राविधिक धारको विद्यालय संचालनका लागि पहल गर्नुपर्ने, शिक्षा समितिको बैठक नियमित गर्नुपर्ने र पूर्णता दिनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउने कार्य महासंघका इनरुवा उपाध्यक्ष,(भगवती मविका विश्वनाथ ओझा), सचिव (देवकोटा आधारभुत विद्यालयका राकेश निरौला), उप सचिव(नेपाल राष्टिय माविका निर्मल कुमार खवास सिंह)कोषाध्यक्ष(जनहित आधारभुत विद्यालयका देवका दाहाल कोईराला)सदस्यहरु पुजा चौधरी(सिद्धार्थ आधारभुत विद्यालय), रामसुन्दर साह(जनकल्याण आधारभूत विद्यालय), कमल कार्की (जनता मा.वि.), शशि थापा मगर (बुढासुब्बा आधारभुत विद्यालय), सत्य नारायण शर्मा खत्वे ( शिशु निकेतन आधारभुत विद्यालय), उमाकान्दत मेहता (गणेश नेरा आधारभुत विद्यालय)को तर्फबाट सहीगर्ने महासंघ अध्यक्ष जयकृष्ण यादवले गर्नुभएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले दुई महिनादेखी सकृय रहेको भन्दै नगरप्रमुख केदार भण्डारीले आफू शिक्षालाई प्राथमिक्तामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।