वडा अध्यक्षले गरे टयाक्टर चालक माथि आक्रमण , पीडीतले दिए प्रहरीमा उजुरी

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले टयाक्टर चालक र सहचालक माथि आक्रमण गरेको छ । शुक्रबार भदौ २२ गते इनरुवा ९ बबियाको सार्वजनिक बाटोमा आफूलाई नसोधी ट्याकटर किन चलाएको भन्दै आमाचकारी गालीगलौज सहित मंसुरीले टयाक्टर चालक र सहचालक माथि आक्रमण गरेको हो ।



मंसुरीले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ५ निवासी टयाक्टर चालक अक्रामुल मियाँ र सहचालक समसेर मियाँमाथि आक्रमण गरेको भन्दै पीडीत पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिनुभएको छ । वडा अध्यक्षको दम्भ देखाई सार्वजनिक स्थलमा गालीव्याजती सहित कुटपीट र आक्रमण गरेको पीडितहरुको अरोप रहेको छ ।
पीडतहरुले प्रहरीमा उपचार खर्च क्षतीपुर्ती र दोषीलाई अभद्रव्यवहारमा मुद्धा दर्ताको माग गर्दै उजुरी दिएको छ भने प्रहरीले छानविन भईहरेको र घाउँजाचको काम अगाडी बढाएको जनाएको छ ।







उता पीडित पक्षले आफूहरुको मानव अधिकार हनन भएको र सार्वजनिक बाटोमा हिड्न समेत रोक लगाएको र प्रहरी प्रशसान सहित मानव अधिकार प्रेसमा सहयोगका लागि अपिल गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकमा समेत निवेदन दिएका छन् ।

पीडक मंसुरीले आफूले आफ्नो जग्गाबाट जान रोकेको तर कुटपीट र आक्रमण नगरेको प्रतिकृया दिनुभयो । तर पीडक मंसुरीले पीडित मियाँदोयलाई आक्रमण र गालीगजौज गरेको भिडियोमा प्रष्टै देखिन्छ । दुईदिनदेखी भिडियो भईरल भईरहेको छ ।

