“कार्यहरु मार्फत आशा जागाऔंः जीवन बचाऔं” भन्ने मूल नाराका साथ मनाइएको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सुनसरीको इनरुवा नगरपालिका ५ बलाहामा भदौ २४ गते विधार्थी बालबालिकाहरुलाई आत्महत्या रोकथाम बारे अभिमुखिकरण गरिएको छ । दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, मानवअधिकार रक्षक क्षेत्रमा काम गर्ने संस्थाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासंघ, ओरेक लगायतका संघ संस्थाहरूको सहकार्यमा इनरुवा नगरपालिका ५ को बलाहा स्थित नवयुग एकेडेमी स्कूलका १०० बालबालिकाहरुसंघ अभिमुखीकरण कार्यक्रम गरिएको छ ।


विश्व आत्महत्या रोकथाम दिवसको औचित्य सहित युवा, किसोर तथा बालबालिकाहरुलाई आत्महत्या नियन्त्रणका लागि प्रशिक्षण दिएको थियो । विद्यालयका बालबालिकाहरु तथा किसोरकिसोरीहरुलाई एकठाउँमा राखेर आत्महत्या नियन्त्रण र रोकथाम सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निराला भण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, ओरेकी विमला घिमिरे लगायतकाले आत्महत्या नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।


१, सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको नवयुग एकेडेमीमा आयोजना गरेको आत्महत्या रोकथाम दिवश पारेको विधार्थी बालबालिकाहरुलाई आत्महत्या रोकथाम बारे अभिमुखिकरण कार्यक्रमका सहभागि तथा अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा