कोशीमा तीन घण्टा सडक अवरोध
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २९ गते । पूर्वपश्चिम राजमार्गको सुनसरीको कोशी गाउँपालिका ३ स्थित जमुवा चौकमा दुर्घटना परि मृत्यु भएको युवाको शवको विषयलाई लिएर तीन घण्टा सडक अवरोध गरेका छन् । स्थानीयबासी र पीडित परिवारले झण्डै डेढ महिना अघि दुर्घटनामा परि घाईते भएका कोशी ३ का १८ वर्षिय विष्णुदेव ठाकुरको उपचारको क्रममा भदौ २५ गते मृत्यु भएकोमा गोल्डेन अस्पताल विराटनगरले शव दिन अस्विकार गरेकाले तीन घण्टा सडक अवरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा शव ल्याउने आस्वशन आएपछि दिउसो ४ बजेपछि सडक सुचारु भएको कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो । सय भन्दा बढी सवारी साधन र हजारौ बढी यात्रुहरु केही बेर अल्पत्र परेका थिए ।
