इनरुवा, भदौ २९ गते । सुनसरीमा ५९ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी“ नारा सहितको ५९ औं राष्ट्रिय बालदिवसको उपलक्ष्यमा इनरुवा ९ बबियाको सरस्वती माविमा लेखकुद, वकतृत्वकला, हाजिरिजवाफ, बादबिवाद लगायतका सात विधाका अत्तिरिक्त कृयाकलाप गरिएको छ । कार्यक्रममा प्रथम,द्धितिय, तृतिय र सान्तवनालाई पुरस्कार समेत वितरण गरेको विद्यालयले जनाएको छ ।
त्यसैगरी इनरुवाको ३० सामुदायिक विद्यालय र ४० बढी संस्थागत विद्यालयमा राष्ट्रिय बालदिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेको जनाएको छ । उता इनरुवा ५ बलाहाको सूर्यकिरण एकेडेमीमा पुरस्कार तथा सम्मान कार्यक्रम मार्फत विधार्थीहरुलाई सम्मान गरेको छ ।


सूर्य किरण एकेडेमी इनरुवा ५ बलाहाको कक्षा १२ को सामाजिक अध्ययन विषयमा भदौ महिनाको उत्कृष्ट विधार्थी अमन गिरी सहित विभिन्न विधाका उत्कृष्ट विधार्थीलाई सम्मानित गरेको प्रिन्सिपल मनोजकुमार यादवले जानकारी दिनुभयो ।
उता बाल दिवशको अवसरमा अनुशासन, पढाइमा जागरुकता, गृहकार्य नियमितरुपमा गर्नेहरुलाई पुरस्कार सहित बधाई तथा शुभकामना दिएको छ ।
सीमावर्ती हरिनगर गाउाँलिकाको बालकृष्ण माध्यमिक विद्यालयमा समेत बिभिन्न विधाका कार्यक्रम गरेर दिवस मनाइएको प्रधानाध्यापक नजामुद्धिन अंसारीले जानकारी दिनुभयो ।
त्यसैगरी सेन्टमेरिज स्कूलले समेत दिवशको अवसरमा अतिरिक्त कृयाकपाल र प्रतियोगिता सम्पन्न गरेको प्रिन्सिपल राजाराम मेहताले जानकारी दिनुभयो ।

मेहताले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राख्नुभयो । कक्षा १ देखी १० सम्मका प्रथम, द्धितिय र तितृय विधार्थीहरुलाई पुरस्कार वितरण गरेको जनाएको छ । सांस्कृतिक कार्यक्रम र अभिनय समेत विधार्थीहरुले गरेका थिए ।

सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

१,सुनसरीको इनरुवा नगरपालिका स्थित सूर्य किरण एकेडेमी बलाहाको कक्षा १२ को सामाजिक अध्ययन विषयमा भदौ महिनाको उत्कृष्ट विधार्थी अमन गिरीलाई बाल दिवशमा सम्मान गर्दै ।


तस्विर ः । इनरुवा