दिनेश यादव । इनरुवा
समाचार टिप्पणी
जिल्ला अस्पताल सुनसरीमा सेवाको स्तोरोन्नती समयको माग र आवश्यकतामा भएको छ । जनसंख्या बढ्दै गएपछि स्वास्थ्य सेवाको विकास र विस्तार हुनु स्वभाविक नै हो । त्यसमा कोही पात्रलाई जयजयकार गर्नु भनेको आधुनिक समयमा पनि अन्धभक्तको चरित्र मात्रै हुने देखिन्छ । विकासमा पछाडी परेको र पारिएको जिल्ला अस्पातलको बारेमा कोही सकैले धेरै पढाईरहनुपर्ने आवश्यक नै छैन तर एउटा कार्यालय प्रमुखको कारणले मात्रै सेवा सुविधा बढेको भन्नु आकाश माथि थुक्नु सरहकै हुन्छ । इनरुवामा औलोको प्रकोप आउनु भन्दा अगाडी देखी नै स्वास्थ्य सेवा दिनको लागि अस्पताल संचालनमा रहेको थियो । त्यस बेलाको जनताको माग, आवश्यकता, रोग र संक्रमणको अस्था अर्कै थियो अहिले आएर मौसम, हावाािनी, जलवायु, जनसंख्या, धनघन्त्व समेतको कारणले अस्पातलको विकास र विस्तार भएको हो । यसलाई स्थानीयहरुले स्विकार गरेकै छन् ।
जहाँसम्म एक हप्तादेखी इनरुवाका महलदेखी झुपडीसम्मका व्यक्तिहरुले जिल्ला अस्पतालको प्रमुख नेतृत्वलाई लिएर उठेको टिप्पणी , दोहोरी, फेसबुक र पेजहरुको लाईन हेर्दा कोही कसैको आफन्त गुमेको जस्तो पीडि भएको र अर्को थरीलाई युद्धा हारेको अर्कोलाई युद्ध नै जितेको जस्तो देखिन्छ ।
त्यसैले अस्पातलमा प्रमुख अर्थात मेडिकल सुपरिटेण्डेन्ट जो आएपनि उसले विधि, नीती र नैतिकतामा बसेर सेवा दियो भने कसैले दुख मनाउ र उत्सव मनाउनुपर्ने आवश्यक नै छैन् । पेशाको हिसावले मानिसको ज्यान र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने चिकित्सकहरु इमान्दार, वफादार र कर्मयोगी हुनुपर्छ ।
ओपीडिमा अनावश्क जाँचको नाममा पैसा उठाएर खाने, केही व्यक्तिहरुलाई साझँको खुराक बन्दोबस्त गर्ने, सबै कार्यक्रममा नेता जस्तो भाषण गर्ने, काम भन्दा कुरा बढी गर्ने, कानुनी प्रकृया र खरिद ऐनलाई वेवास्ता गर्दै निर्माणदेखी मर्मतको नाममा र कर्मचारी भर्नादेखी औषधी खरिदसम्ममा गनाएका व्यक्ति डा. देवराज घिमिरेको जयजायकार गर्नेहरुको कुराले कहिले सिण्डिकेट चलाएको थिएन् । स्वास्थ्यलाई खेलवाडको रुपमा लिने र परिक्षणको नाममा लुट मच्चाएको व्यक्तिलाई नै अहिले भ्यादसम्म किन राखिएन भन्ने एउटा कुरा के बुझ्नुपर्छ भने पुस पछि पनि जाने व्यक्तिले तीन महिना अगावै प्रमुखबाट पो नियम अनुसार मुक्त भएको हो । उसको करार सेवाको अवधी पदमा रहन मुक्त गरेको छैन् ।
डा. देवराज घिमिरे यदी राम्रो विचार र असल छवीका व्यक्ति हुन भने उसले नयाँ मेसु श्रेया पंगेनीलाई इनरुवा अस्पतालको नेतृत्व गर्न आईपुगेमा स्वागत गर्दै हालसम्मको प्रगति विवरण , गरेको पहल प्रयास र संघर्षका कथाहरु हस्तान्तरण गर्दै पुसमा अस्पातललाई कुन अवस्थामा छाडेर जाने हो , त्यो योजना के थियो ? जिल्ला र इनरुवाबासीलाई भन्ने कुरा र अस्पतालमा गर्नुपर्ने कुरा के थियो त्यसलाई बुद्धागत रुपमा बुझाउदै हातेमालो गरेर अगाडी बढ््नुपर्ने थियो । तर मेसु रुपमा काम गरेको अव उसको नयाँ प्रमुख तल बसेर काम गर्दीन भन्ने भावना नै अस्पातल सुधार होईन विगार्न आएको बुझिन्छ । अर्को कुरा डा. देवराज घिमिरेले आफ्नो घरबार बेचेर, तलब भत्ता लगाएर अस्पातलमा सुधार गरेको होईन बरु प्रदेश, संघीय र स्थानीय सरकार सहित गरिब, विपन्न, दलित, गरिब समेतका निमुखा जनतालाई स्वास्थ्य सेवा लिन आउदाँ डराएर , मनोविज्ञन रुपमा स्वास्थ्य यस्तो छ भनेर आवश्यकता भन्दा बढी चेकजाच गरेर उठाएको रकममा खेलेर गरेको हो । त्यसैले धेरै धाक लगाउनु उपयुक्त छैन् ।
कतिपयले सामाजिक सञ्जालदेखि चियागफसम्म जिल्ला अस्पताल इनरुवाको मेडिकल सुपरिटेण्डेन्ट मेसुकै चर्चा भन्ने गरेको हेर्दा पनि दया लागेर आउछ । अस्पतालको ओपीडीमा डाक्टरको ठाँउमा अहेव, एचएले विरामी जाँच्दा बरु कम खर्च र बढी प्रभावकारी सेवा पाउथे । अहिले त जाँचकै नाममा लुट मच्चाएर एसीको गाडीमा केही गफाडी र भक्तहरुलाई हप्तामा दुई दिन घुमाएर ल्याउने गरेको पात्रको चर्चा छ ।
अस्पतालमा डा. देबराजले मात्रै होईन जो पनि विशेषज्ञ चिकित्सकबाट सेवा, २४ सै घण्टा ल्याब र एमेरजेन्सी सेवा, परामर्श सेवा हुनु कुनै नौलो कुरा होईन । नीजिको भन्दा बढी खर्च तर सन्तोश जनक सेवा अझै पाएको छैन् । केही पात्रको फेसबुक केही पन्ने पत्रिका, पेजमा सजिएको भरमा सबै सुधार भएको होईन । आँखा, हाड जोर्नी, फिजियो थेरापी, इण्डोस्कोपी, इको विगतमा पनि थियो सुचारुमा ढिलाई भएको थियो । यसमा डा घिमिरेको पहल रहयो, ब्लड बैंक संचालनमा योगदान रहयो ।
नयाँ आएकी मेसु डा.श्रेया पंगेनीले राम्रो गर्न सक्दैन भन्ने होईन उनले पनि गर्न सक्छ । सरकारी मापण्ड सबैका लागि एउटै हो त्यसैले डा. देबराजले गरेको भन्दा बढी नै गर्ने जनअपेक्षा रहेको देखिन्छ ।

नयाँ मेसु आएपछि कतिपयले देबराजको अपमानपूर्ण बर्हिगमन ?, विकासप्रेमी गए ?, अस्पताल ध्वस्त हुने भयो ? अहिलेसम्मको विकासलाई बढाउन नसकेपनि त्यससम्म पनि राख्न सक्छ कि सक्दैन ? र श्रेयाको विवादास्पद आगमन लगायतको टिप्पणी हेर्दा पनि हतास मानसिंकता बाट आएको हो की जस्तो लाग्छ । किन भने नागरिकलाई सेवाको नियमितता, गुणस्तरीयता, मितव्ययिता, जवाफदेहिता, पारर्दिशता र सहज स्वास्थ्य पहुच चाहिएको छ न कि कुनै पात्रको भजन गाउने र कुनै पात्रको अपमान गर्ने ?