सुरेन्द्र मेहता । भोक्राहा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नमुना कामको थाली गर्नुभएको छ । नागरिकको गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने गरि वडावडामा जनता सङ्ग अध्यक्ष कार्यक्रम संचालन गर्नुभएको छ । अध्यक्ष अजमल अख्तर आजादले अभियानको क्रममा भोक्राहा नरसिंह वडा नम्बर १ को टोलटोलबाट नागरिकसंग भेटघाट, छलफल र संवाद थाल्नुभएको हो । जनताको माग, आवश्यकता, उनीहरुको सुखदुख बुझ्दै गरेको जनता सङ्ग अध्यक्ष कार्यक्रम संचालन गर्नुभएको छ । जनता संग अध्यक्ष कार्यक्रम अन्तर्गत भोक्राहा नरसिंह वडा नम्बर १ र २ को सिमानाका सनिबार र आईतबार जनताहरूको घरदैलोमा, समुदाय, टोल, बस्तीमा प्रत्यक्ष रूपमा गई जनगुनासो सुन्नुभएको र सामूहिक रूपमा आएका समस्याहरु समाधान गर्ने बताउनुभयो ।


जनता सङ्ग अध्यक्ष कार्यक्रममा शिक्षा, स्वास्थ ,रोजगार, सडक बाटोघाटो, विधुत, कृषि, रोजगार लगायतका समस्याहरु अध्यक्षसङ्ग जनताले प्रत्यक्ष राखेको जनाएको छ । अध्यक्ष आजादले क्रमिक रूपमा समस्याहरु समाधान गर्ने जनात समक्ष प्रतिबद्धता जनाउनु भएको छ ।

जनता सङ्ग अध्यक्ष कार्यक्रममा भोक्राहा नरसिंह नेपाली काग्रेंसका सभापति युवराज दाहाल, पालिका उपाध्यक्ष सुनिता उराँव, वडाका जनप्रतिनिधि लगायत गाउँटोलबासीका स्थानीयहरुको उपस्थिति रहेकोे थियो । अध्यक्ष आजादले समस्याहरु अवगत भएको र सुझाव राखेकोमा वडाबासीहरुलाई धन्यवाद दिदै जनता सङ्ग अध्यक्ष कार्यक्रम संचालनलाई निरन्तरता दिने बाचा गर्नुभयो ।