मुस्ताक आलम । इनरुवा,
लौकही । आफ्नै श्रीमानको पीडाबाट एक मुस्लिम महिला न्यायको लागि सरकारी निकाय र समाजमा भौतारिदै हिड्न बाध्य भएकी छन् । भारतको बिहार राज्य स्थित फारबिसगञ्ज माइती भएकी मुस्लिम महिला श्रीमान्, ससुरा र जेठाजुको पीडाबाट पीडित भएर न्यायको प्रतिक्षामा छन् । अहिले न्याय माग्न् सरोकारवाला निकायलाई हारगुहार गरिरहेकी छन् । सुनसरीको कोशी गाउँपालिका ५ कुम्याहीका अनेसुर रहमानको कान्छो छोरा याकुब अलि संग १५ वर्ष अगाडि मुन्जिला खातुनको विवाह भएकोमा हाल हिसाँ पीडित भएर न्यायको खोजीमा छन् । मुस्लिम रितिरिवाज अनुसार बिहे भएकोमा बिवाह पश्चात उनिहरुबाट दुई जना छोराछोरीको जन्म भएको र सोही बीचमा घरेलु हिसाँ सुरु भएको थियो । खातुनका एक १३ वर्षिया छोरी संजिदा खातुन र अर्को ८ वर्षिय फैसल अहमद रहेका छन् ।
परिबारमा १० वर्ष अगाडिसम्म श्रीमान याकुब अलि र श्रीमती मुन्जिला खातुन विच राम्रोसम्बन्ध र घर परिवारसंग राम्रो सम्बन्ध थियो । राम्रो सम्बन्ध भएपछि घरमा कहिलेकाहीँ सामान्य झैझगडा हुने बाहेक सुन्दर थियो । मुन्जिला खातुले संचारकर्मीसंगको प्रतिकृया कुराकानीमा भन्नुभयो “ हाम्रो १० वर्ष अगाडि श्रीमानले मलाई छरछिमेकी आफ्mन्तको घर न जा भनेको र म मेरो श्रीमानको कुरा सुनेर छिमेकिको घर जान् छोडे तर पनि मेरो श्रीमान्ले आफ्नो दाई आमाहरुको कुरा सुनेर मलाई दिनहुजसो गाली गलोज गर्थे कुटपिट गर्थे तर म सहेर बसे । एक दिन मेरो श्रीमानले मलाई अन आवश्यक गालो गलोज र कुटपिट गरि घाइते बनाए दिएका थिए ।” मलाई यसरी शरिरिक यातना मांसिक, र घरेलु हिंसा जस्ता क्रियाकलाप गरिरहुनु भएको थियो एक दिन मेरो काका ससुरालाई म मेरो कुरा सुनाए, अनि मेरो काका ससुराले आफनै खरखन्दानमा पन्चायत बोलाउनुभयो पञ्चायतीमा दुबै जनाको कुरा सुन्नु भयो तर मेरो कुनै गलती थिएन अनि मेरो काका ससुरा फजलु रहमानले भन्नुभयो किन् ? यसरी यातना दिन्छौ ,तिमी याकुबलाई भन्यो याकुब र याकुब को दाजु भाइहरु मिलेर फजलु रहमानलाई कुटपिट गर्न थाल्यो कुटपिट गर्दा घटना स्थलमै फजलु रहमानको मृत्यु भयो । मृत्यु भए पछि निजको श्रीमान याकुब ज्यान मार्ने उध्योगमा १० वर्ष जेल चलान भयो । जेल चलान भए पछि निज श्रीमानलाई पटकपटक म मुन्जिला खातुनको भेट्न झुम्का कारागार पुग्थे त्यहाँ पुगेर श्रीमान याकुबलाई सान्तवना दिने गर्ने गर्थे । अब जे भयो भयो अब के गर्ने भनी सोधथे अनि उनी भन्नुहुन्थ्यो । ठीक छ मलाई निकल्न देउ अनि घर परिवार राम्ररी चलाउनु पर्छ भन्ने गर्थे । पछी १० वर्षे जेल जिवानमा श्रीमानसंग पटकपटक फोन संबाद समेत गर्थे फोन संबादमा मलाई राम्रो आश्वासन दिनुहुन्थ्यो । तिमी राम्ररी मेरो छोरा छोरीलाई हेरचाह गर्नु र म निक्लिदा तिमीमा केही दाग लाग्नु हुदैन भन्नुन्थ्यो । अहिले श्रीमान याकुब अलि कैद भुक्तान गरि घर आएपछि म माइतीबाट ससुराली आएपछि मलाई कुटपिट गरि घर निकाली दिएका म बिचल्लीमा परेको छु । पतीबाट न्यायको अपेक्षा गरेकोमा हिसाँ र कुटपीट सहनुपरेकोले आफूलाई न्यायको लागि पहल गरिदिन र पतीसगैं बस्ने बतावरण सहित खान, लाउन र हिसाँमुक्त वतावरण निर्माणका लागि सरकारी निकाय र नागरिक समाजसंग अपिल गरेकी छन् ।