इनरुवा, भदौ ३१ गते । कोशी गाउँपालिका–७ स्थित हरिपुरमा ३० वर्षिया महिलाको विषाधी खुवाएर हत्या भएको दावी गरिएको छ । सनिबार भदौ ३० गते मध्यान ३० वर्षिया एकल महिला उषा महातोको कोशी गाउँपालिका–७ निवासी १९ वर्षिय देवर सन्तोश महतोले फोनमा अरुसंग कुरा गरेको आरोपमा विषाधी खुवाएर हत्या गरेको आरोप बाहिर आएको हो । एक वर्ष अघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुनगर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विषाधी खुवाई बेहोस बनाएको र उपचारका लागि जिल्ला अस्पातल सुनसरी लगिएकोमा थप उपचार गर्न कोशी अस्पताल रेफर गरेको थियो । सोही मध्य रातीमा उषाको मत्यु भएको मृतकका १२ वर्षिय छोरा राजेश महतोले जानकारी दिनुभयो । उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक नविन कृष्ण भण्डारीले मृतकले आफै विषाधी सेवन गरेको वा कसैले विषाधी खुवाईएको हो ? भन्ने विषयमा अनुशंधान भईरहेको प्रतिकृया दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा रािखएको छ । मृतक महिलाका तीन छोराछोरी छन भने एक वर्ष अघि पती रंजित महतोको समेत विष सेवनबाट मृत्यु भएको स्थानीयहरुले जानकारी दिएका छन ।