दुहवीमा छैठौं श्री गणेश चतुर्थी महोत्सवको तयारी पुरा

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ३१ गते । हिन्दु धर्मावलम्बीहरुले हर्सोल्लासका साथ मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको अवसरमा सुनसरीको दुहवीमा छैठौं संस्करणको श्री गणेश चतुर्थी महोत्सवको तयारी पुरा भएको छ । दुहवी नगरपालिका वडा नंम्बर ५ स्थित श्री गणेश पुजा समितिको आयोजनामा असोज २ र ३ गते हुने श्री गणेश चतुर्थी महोत्सवको तयारी पुरा भएको हो । गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले मंगलबारदेखि पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने तथा दुई दिनसम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहने जानकारी दिनुभयो । मुन्धडाले उक्त महोत्सवमा आकर्षकको रुपमा शुद्ध घिउको १०१ केजीको लड्डु भोग लगाउने र भगवान श्री गणेशको ११ फीटको प्रतिमा स्थापना गर्ने बताउनुभयो । श्री गणेश चतुर्थी महोत्सव पुजा आयोजक समितिका रंजित गोश्वामीका अनुसार महोत्सवमा आकर्षकको रुपमा भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याती प्राप्त कलाकारहरुबाट भजन संध्या प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा आयोजकले पाँच हजार बढी भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । उक्त महोत्सवलाई सफल पार्न राकेश मुन्दडा, मोनु कुमार साह, रितेश साह, रञ्जित गोस्वामी लगायत १५० जना युवा स्वयम सेवकहरुले योगदान गर्ने भएका छन । श्री गणेश चतुर्थी महोत्सव असोज ४ गते बिहिबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढी खोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।

१, सुनसरीको दुहवीमा छैठौं संस्करणको श्री गणेश चतुर्थी महोत्सवको तयारी बारेका जानकारी दिदै आयोजक ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
