जजन्युज समाचारदाता
कैलाली, असोज १ गते ।

सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित धनगढी उपमहानगरपालिकाको नौं स्थापना दिवश उत्सवको अवसरमा संस्थागत विद्यालय तर्फका उत्कृष्ट छात्रा सम्मान तथा पुरस्कारबाट कृति यादव सम्मानित हुनुभएको छ । सोमबार धनगढी उपमहानगरपालिकाले आफ्नो नौं बार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट विधार्थी सहित विभिन्न विधामा सम्मान गर्ने क्रममा उपमहानगरपालिका भरीका संस्थागत विद्यालय तर्फका उत्कृष्ट छात्रा सम्मान तथा पुरस्कारबाट सुनसरी घर भई हाल स्टेपिगं स्टोन इगिंल बोर्डिग स्कूल बैयाबेडहीमा अध्ययनरत्त कृति यादव सम्मानित हुनुभएको हो । यादव २०७९ सालको कक्षा ८ परीक्षामा संस्थागत विद्यालय तर्फका उत्कृष्ट अंक ल्याएकाले सम्मानीत गरेको जनाएको छ ।

छात्रा यादवलाई एक समारोहका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ तथा प्रमुख अथिति प्रदेश मन्त्री प्रकाश बहादुर देउवाले नगद २० हजार रुपियाँ सहित उत्कृष्ट छात्रा सम्मान तथा पुरस्कारबाट सम्मानित गर्नुभयो । यादव समुदायबाट देशको सुदुरपश्चिममा समेत अध्ययन गर्दै प्रदेशको अग्रणीमा रहेको धनगढी उपमहानगरपालिकाको नौं स्थपना दिवश तथा बार्षिक उत्सवमा उत्कृष्ट छात्रा सम्मान तथा पुरस्कारबाट पुरस्कृत एवर सम्मानित हुनुभएकोमा कृति यादवलाई नेपाल यादव सेवा समिति सुनसरीको तर्फबाट सचिव जयकृष्ण यादवले बधाई तथा शुभकामना दिनुभएको छ । सचिव यादवले कृतिका बुवा असोक र आमा रेखा यादवलाई समेत बधाई दिनुभएको छ ।
उता प्रमुख अतिथि देउवाले विद्यार्थीलाई पढाईमा जोड दिन आग्रह गर्दै गुणस्तरीय शिक्षा आजको आबश्यता भएको बताउनुभयो । उहाँले विद्यालयलाईहरुलाई आफुले सक्दो सहयोग सधै गर्न तयार रहेको बताउनुभयो ।