बसको ठक्करबाट साईकल यात्रीको निधन

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २ गते । सुनसरीमा बसको ठक्करबाट एक साईकल यात्रीको निधन भएको छ । मंगलबार पूर्वपश्चिम राजमार्गको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचौकमा प्र.१–०१–००१ ख ३७५७ नंम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिदाँ भोक्रहा नरसिंह ३ का ५५ वर्षिय देवनारायण यादवको निधन भएको हो ।

फुलचौक स्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र.१–०१–००१ ख ३७५७ नं. को बसले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको अवस्थामा यादवलाई ठक्कर दिदाँ गम्भिर घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल इनरूवा पठाईएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सिकिस्त भएका यादवको अस्पातल लगेको केहीबेरमा मृत्यु भएको थियो । लाश तत्काल अस्पतालमा पोष्टमार्टम गरि परीवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४५ वर्षिय मेघनाथ चौधरीलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पछि आक्रोषितहरुले केहीबेर सवारी आवगमन रोकेर नाराबाजी गर्दै दोषीलाई कार्वाही र पीडितलाई क्षतीपुर्तीको माग गरेका थिए । प्रहरीले वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने बताएपछि सडक अवरोध खुलेको थियो ।
उता घटना स्थलमा सशस्त्र प्रहरीले दुर्घटना हेरेर पनि नहेरे जस्तो गरेको र उपचारका लागि अस्पातलसम्म लान समेत बेवास्ता गरेको भन्दै स्थानीयहरु विरोध गर्ना सामान्य झडप भएको थियो । स्थानीय देवराज यादवले घटना स्थलमा गम्भीर घाइते भएका यादवलाई स्थानीयहरुले त्यहाँ ड्युटीमा खटिएको सशस्त्र प्रहरीहरुलाई अस्पताल लैजान आग्रह गर्दा यो नेपाल प्रहरीको काम हो भन्दै पन्छिएकाले झडप भएको थियो ।