संविधान दिवसको अवसरमा बृक्षारोपण तथा रक्तदान कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २ गते । संविधान दिवसको अवसरमा इनरुवा नगरपालिकामा तीन दिने कार्यक्रम अन्तरगत मंगलबार नगर सरसफाइ, बृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका बसचौक र सडक सरसफाइ, महानन्द पार्कमा बृक्षारोपण र जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।
इनरुवा बस चौकमा संविधान दिवशको अवसरमा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रहरी उपरीक्षक विपिन रेग्मी सहितको उपस्थितीमा सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैगरी जिल्ला अस्पताल सुनसरीमा रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरेको छ । दिवशको अवसरमा बुधबार भने विहान प्रभातफेरी, शहिदहरुको सालिकमा माल्यार्पण सहित झण्डोत्तोलन र जिल्ला अस्पतालमा फलफुल वितरण कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
१, इनरुवा नगरपालिकाको वडा नम्वर १ स्थित महानन्द र्पाकमा वृक्षारोपण र सरसफाई गर्दै ।