सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेकपा माओवादी केन्द्रको आयोजनामा दीप प्रज्वलन गरीएको छ ।
देशमा संविधान जारी भएको आठ वर्ष पुुरा भएको अवसरमा ९ औं संविधान दिवसमा बुधबार इनरुवा नगरकालिकाको विभिन्न स्थानमा दीप प्रज्वलन गरीएको छ ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्र सुनसरी र नगरपालिका कमिटीको आयोजनामा लौकतान्त्रिक चौकमा दिप प्रज्वलन गरिएिको जिल्ला संयोजक योगेन्द्र मण्डालले जानकारी दिनुभयो ।


पार्टीका स्थानिय नेताहरु रमेश भट्टराई, विमला पोखरेल, दिनेश चौधरी, लक्ष्मण यादव , विजय यादव, पार्टीका इनरुवा अध्यक्ष तोया गिरी पोदार, सहितको नेताहरुको उपस्थितीमा गोल चोकमा दिप प्रज्वलन गरिएको मण्डलले वताउनुभयो । कार्यक्रममा उपस्थित नेकपा माओवादीका नेता÷कार्यकर्ताले संविधानको पक्षमा नारा लगाएका थिए । यसैबीच इनरुवा नगरपालिका सहित संविधान दिवश मुल समारोह समिति, गैरसरकारी संस्था महासंघ, उद्योग बाणिज्य संघ सहितको आयोजनामा समेत दीप प्रज्वलन कार्यक्रम गरीएको छ ।

इनरुवामा दिप प्रज्जवलन कार्यक्रममा इनरुवा नगरपालिकाका उपप्रम्ुख विनिताकुमारी मेहता, संविधान दिवश मुल समारोह समितिका सदस्यहरु, इनरुवा अस्पातलका प्रमुख श्रेया पंगेनी, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, उद्योग बाणिज्य संघका इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह सहितले संयुक्त रुपमा दीप प्रज्ज्वलन गर्नुभएको थियो ।