लैगिक हिसाँ नियन्त्रण जिल्ला सञ्जाल गठन

सुनसरी २०८०, कार्तिक २४ गते । सुनसरीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीको संयोजकत्वमा २१ सदस्य समिति गठन गरिएको हो । जिल्लामा गठन भएको सञ्जालमा संचारकर्मीहरुको तर्फबाट इन्सेक र गोरखापत्र दैनिकका जिल्ला प्रतिनिधि जयकृष्ण यादवलाई सदस्यका रूपमा राखेको छ । जिल्ला प्रहरी कार्यालयले कार्तिक २४ गते आयोजना गरेको सञ्जाल गठन कार्यक्रममा जिल्लामा लैङ्गिक हिंसाका घटना भइरहने भएकाले प्रहरी र अधिकारकर्मीको संयुक्त सहकार्य र समन्वयमा सो समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराला भण्डारीले बताउनुभयो ।



जिल्लामा मानव अधिकार हनन्, बालबालिका ओसारपसार, मानव बेचबिखन र घरेलु हिंसासम्बन्धीका घटनालाई न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेको इन्स्पेक्टर भण्डारीको भनाई छ ।समितिमा सदस्य सचिव (पदेन) महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर निराला भण्डारी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा गैरसरकारी संस्था महासंघका मेघराज न्यौपाने, सञ्चारकर्मीबाट रोमा रिजाल, संचारकर्मीको तर्फबाट इन्सेकका जयकृष्ण यादव र अधिकारकर्मीबाट रमेश भट्टराई, जिल्ला बार एशोसियनबाट पञ्चदेव मेहता, सुरक्षित आवास गृह संचालन गर्ने संस्था आरेककी विमला घिमिरे, उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साह, शिक्षाक्षेत्रबाट नर्वदा खतिवडा, महिला अधिकारकर्मीको क्षेत्रबाट दिपा दाहाल पोखरेल, बाल सञ्जालका विशाल पोखरेल, सामुदायिक प्रहरीबाट सत्यनारायण मेहता, डिम्पल देव, बलराम चौधरी, अल्पसंख्या समुदायको संस्थाबाट गिरिराज अटल, कृष्णप्रसाद दाहाल , वीरेन्द्र साह (बी) लगायत सदस्य रहेका छन् ।
जयकृष्ण यादव । सुनसरी