जयकृष्ण यादव । इनरुवा
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुनसरीमा समुदाय प्रहरी जिल्ला समिति पुनरगठन गरिएको छ । पाँच वर्षदेखी सकृय नरहेकाले समुदाय प्रहरी जिल्ला समिति पुनरगठन गरेको हो ।

सरोबारबालाहरुको संयुक्त बैठब भेलाबाट जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीको संयोजकत्वमा २१ सदस्य समिति गठन गरिएको छ । समितिमा सदस्य सचिव (पदेन) महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक निरला भण्डारी रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साह, नर्वदा खतिवडा, महिला अधिकारकर्मीको क्षेत्रबाट दिपा दाहाल पोखरेल, बाल सञ्जालका विशाल पोखरेल, सत्यनारायण मेहता, डिम्पल देव, बलराम चौधरी, अल्पसंख्या समुदायको संस्थाबाट गिरिराज अटल, अधिवक्ता कृष्णप्रसाद दाहाल, व्यसायी वीरेन्द्र साह (बी), गैरसरकारी संस्था महासंघका मेघराज न्यौपाने, सञ्चारकर्मीबाट रोमा रिजाल, जयकृष्ण यादव र रमेश भट्टराई, जिल्ला बार एशोसियनबाट पञ्चदेव मेहता, आरेककी विमला घिमिरे लगायत सदस्य रहेका छन् ।This image has an empty alt attribute; its file name is policc-1024x450.jpg
१, सुनसरीमा समुदाय प्रहरी जिल्ला समिति पुनरगठन कार्यक्रममा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा