युथ फेस्टिवल सम्पन्न, मिस एण्ड मिस्टर देवनागञ्जको उपाधी मेहताको कब्जामा

जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर २ गते । सुनसरीको देवानगञ्जमा पहिलो पटक युथ फेस्टिवलको आयोजना गरेको छ । सम्पन्न भएको युथ फेस्टिवलको मुख्या आकर्षण मिस एण्ड मिस्टर देवनागञ्जको मिस्टर उपाधी रामचन्द्र मेहताले जित्नुभएको छ । मेहताले उपाधी कब्जा गर्नुहुदै उत्कृष्ट प्रथम पुरस्कार २१ हजार रुपियाँ पाउनुभयो । त्यसैगरी मिस एण्ड मिस्टर देवनागञ्जको मिस उपाधी मुन्नी मेहताले पाउनुभयो । दोस्रो हुने अन्जली मेहता र ओमप्रकाश मेहताले समेत नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
पुरस्कार वितरण कार्यक्रममा देवानगञ्ज गाँउपालिकका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिकाको पहिचानका लागि युवादेखी अग्रजहरुको अनुभव र युवाहरूको प्रतिभा एवं उत्साह मार्फत यस क्षेत्रको बहुपक्षीय समृद्धिमा युथ फेस्टिवलले योगदान गर्ने बताउनुभयो । उहाँले कार्यक्रमहरु अर्थपूर्ण र सर्हानिय रहेको उल्लेख गर्नुभयो ।
आयोजक नागरिक अभियानका अध्यक्ष विवेक मेहताले गाउँपालिका परिवार, वातावरण तयार गरि दिनुहुने गापा अध्यक्ष बेचन प्रसाद मेहता लगायत गाउँपालिका परिवार, आयोजकमा सहयोगी फैमली ईभेन्ट मैनेजमेन्ट टिम, प्रा.डा.रामशरण मेहता, तेजनारायण यादव एवं शिक्षकवर्ग, सम्पूर्ण राष्ट्रसेवक, कलाकारहरु प्रति आभार व्यक्त गर्नुभयो । मेहताले भाविदिनमा पनि यस्ता गैरराजनीतिक, उत्पादनशील तथा सृजनशील कार्यक्रमहरु मार्फत युवाहरूलाई समाज, राष्ट्रको जिवनमा जोडने प्रयत्न हुने प्रतिवद्धता जनाउनुभयो ।
समाजसेवी राम खेलौन मेहताले आयोजकले ग्रामिण क्षेत्रमा पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रमको आयोजना गरेर युवाहरुको प्रतिभा पहिचान र प्रस्फुटन गर्न कार्यक्रम सफल रहेको बताउनुभयो ।
कार्तिक १७ गते देखि उद्घाटन सहित सुरु भएको कार्यक्रम अन्तर्गत मिस्टर एण्ड मिसेज देवानगञ्ज, गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट, प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिएको जनाएको छ । प्रतियोगितामा मिस्टर एण्ड मिसेज देवानगन्जमा ६० भन्दा बढी सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए ।
देवानगञ्जको इतिहासमा पहिलोपटक फुड फेस्टिवल गर्न सफल भएको आयोजक अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालीका संचालक विवेक मेहताले जानकारी दिनुभएको छ । मेहताका अनुसार कार्यक्रममा स्थानीय जातजाति, भाषाभाषी ,धर्म सांस्कृतिक, रहनसहन ,सामाजिक गतिविधिहरुको संरक्षण, प्रवर्द्धन, युवाहरुको नेतृत्व विकास अधोगिक विकास र युवाहरुको अवाजका कुराहरुको प्रस्फुटनका लागि फेस्टिवल फलदायी भएको छ ।



१, सुनसरीको देवनागञ्जमा भएको युथ फेस्टिवलमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार प्रदान गरेपछि ।
तस्विर ः राम खेलौन मेहता