जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर २ गते । खुल्ला सीमाको कारणले बढ्दो लागु पदार्थ ओसारपसार र सेवनलाई ध्यानमा राखेर त्यसको विरुद्ध सचेतनामुलक कार्यक्रम गर्ने गरि सुनसरीमा फ्यान क्लव गठन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा जिल्ला स्तरीय फ्यान क्लव पुनःगठन भएको हो । प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीको संयोजकत्वमा १३ सदस्य जिल्ला स्तरीय फ्यान क्लव गठन भएको हो ।

जिल्ला स्तरीय फ्यान क्लव सहसंयोजकमा अधिवक्ता कृष्ण प्रसाद दाहाल, सचिवमा प्रहरी निरीक्षक निराला भण्डारी, सहसचिवमा रुमा रिजाल सहित रहनुभएको छ । सदस्यहरु पूर्व प्रहरी नायव उपरीक्षक रुपम लामा, निर्मला घिमीरे, बिमला घिमिरे, सम्भु अधिकारी, प्रतिभा थापा मगर, लक्ष्मण यादव, चन्द्र बराल, तोया गिरी, सम्भु अधिकारी, शुशिल राजभर रहनुभएको छ ।

त्यसैगरी सल्लाहकारहरूमा रमेश भट्टराई, जयकृष्ण यादव, विनिता दाहाल, सत्यनारायण मेहता, उतम सुवेदी सहित ६ जना रहनुभएको छ । मुख्य संरक्षक प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुख विपिन रेग्मी रहनुभएको छ । लागुपदार्थ दुरव्र्यसन विरुद्ध अभियान संचालन गर्ने जिल्ला स्तरीय फ्यान क्लवको मुख्य उदेश्य रहेको जनाएको छ ।