सुनसरी आरती ‘नमामी सुरसरी’ कार्यक्रम सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर १२ गते । सुनसरीको इनरुवा नगरपालिकामा पाँचौ सुनसरी आरती एवम् ‘नमामी सुरसरी’ कार्यक्रम भव्यवताका साथ सम्पन्न भएको छ । सुनसरी खोलामा हरेक वर्ष कार्तिक पूर्णिमाको दिन गरिदै आएको सुनसरी आरती ‘नमामी सुरसरी’ कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो । जिल्लाका जनप्रनिधिहरु र सुरक्षा अधिकारीको उपस्थितीमा धार्मिक कार्यक्रमको रुपमा े सुनसरी आरती ‘नमामी सुरसरी’ मनाईएको छ । जलसंरक्षण र स्वच्छता सहित धार्मिक जागरणका लागि सुनसरी आरती ‘नमामी सुरसरी’ गरेको आयोजक मध्येका असोक चितलागिंयाले जानकारी दिनुभयो । उहाँका अनुसार पौराणिक धार्मिक कथाहरुसँग जोडिएको सुनसरी खोला, जिल्लाको नामाकरण र देशको सबैभन्दा ठूलो नदी बग्ने सप्तकोशी पछिको प्रमुख नदीको स्वच्छता कायम राख्दै यसको धार्मिक महत्वलाई अगाडि बढाउने उद्देश्यसहित पाँंच वर्षअघिदेखि सुरु गरिएको ‘नमामी सुरसरी’ कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो । नमामी सुरसरीको सृखला कार्यक्रम पाचौं वर्षमा पनि इनरुवा नगरपालिकाको सहयोग र सनातन कुटुम्बको आयोजनामा गरेको चितलागियाले बताउनुभयो । उहाँले यो कार्यक्रमलाई सुनसरी दिवस तथा सुनसरी आरतीको रुपमा भव्यताका साथ मनाइएको बताउनुभयो ।
कार्यक्रममा ब्राम्हणहरुको मन्त्रोचारणसँगै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक विपिन रेग्मी, उधोग वाणिज्य संघका इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह सहितले सुनसरी खोलको किनारमा आरती गर्नुभएको थियो ।
आरतीपछिको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले जज जिवन भएकाले नदीको सरसफाई र स्वच्छताको सन्देश दिन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले मानवको भावनालाई जोड्ने, एकता र सदभाव कायम गर्ने कार्य नमामी सुरसरीले गरेको बताउनुभयो ।
त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नदीनाला प्रकेतिको गहना र मानवका लागि आवश्यक स्रोत भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका यजमान समेत रहनुभएका प्रहरी उपरीक्षक विपिन रेग्मीले यो कार्यक्रमले इनरुवा नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाका नागरिक र जनप्रतिनिधिहरुलाई भावनात्मक रुपमा जोडिएको बताउनुभयो । सरकारी तथा गैरसरकारी र सर्वसधारण नागरिक सहित पाँच हजार बढीले आरती अवलोकन गर्नुभएको थियो ।
१, इनरुवा नगरपालिकामा आयोजित पाँचौ सुनसरी आरती एवम् ‘नमामी सुरसरी’ कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा