सुनसरीको विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले जिल्लाबाट सरुवा भई बागमती प्रदेश जानलाग्नुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई सम्मान सहितको विदाई गरिएको छ । प्रजिअ पाण्डेले आफ्नो १० महिने जिल्ला बसाईको क्रममा गर्नुभएको समन्वय, शान्ती सुरक्षा, अमनचयन र सुशासनको पक्ष स्मरणीय रहेको भन्दै स्थानीय तहहरुले सम्मान गरेको हो ।


जिल्लाको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव, कोशीका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,लेखा अधिकृत सूरप्रसाद दंगाल, विभिन्न वडाका अध्यक्षहरु, विषयगत शाखाका शाखा प्रमुखहरु एवं अन्य कर्मचारीहरुले समग्र सुशासनको पक्ष योगदान रहेको भन्दै सम्मान गरेको हो । सुनसरीमा बस्दा सफलतापूर्वक कार्यकाल पूरा गरेकोमा प्रजिअ हुमकला पाण्डेलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बिदाई तथा फेरि भेटौला कार्यक्रममा बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा बोल्नुहुँदै प्रजिअ पाण्डेले कार्यकाल सफल बनाउन सहयोग गर्नुभएकोमा कोशी अध्यक्ष सहति सबै स्थानीय तहका प्रमुख र अध्यक्षलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

मानवअधिकारकर्मीद्धारा पाण्डेको विदाई


सुनसरीको विभिन्न क्षेत्रमा रहेर मानवअधिकार र महिला अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरुले यस जिल्लाबाट सरुवा भई बागमती प्रदेश जानलाग्नुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई सम्मान सहितको विदाई गरिएको छ ।

प्रजिअ पाण्डेले आफ्नो १० महिने जिल्ला बसाईको क्रममा गर्नुभएको मानवअधिकारमैत्री कार्य, अधिकारकर्मीसंगको समन्वय, समग्र शान्ती सुरक्षा, अमनचयन र नागरिकले अनुभुत गर्ने सुशासनको पक्ष योगदान गरेको भन्दै मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक संजाल, मिसन नेपाल सहितले संयुक्त रुपमा सम्मान गरेको हो ।


मानवअधिकार जिल्ला संयोजक रमेश भट्टराईको अगुवाईमा अधिकारकर्मी तोया गिरी पोदार, सरस्वती लुईटेल, सहजादी प्रविण सहितले समग्र सुशासनको पक्ष योगदान रहेको भन्दै सम्मान गरेको हो ।

सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान गरेको छ। (CDO) को भुमिकामा रहँदा नागरिकमैत्री प्रशासन,सुशासन, सामाजिक सुरक्षा, निष्पक्षता, सामाजिक सद्भाव र जन बिश्वास कायम गर्न सफल रहनु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गैरसरकारी संस्था महासंघ सुनसरीको तर्फ बाट सम्मान गरेको छ।

पाण्डे बागमती प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रदेश सचिवकाे जिम्मेवारीमा सरुवा भई जानू भएकाेमा सामाजिक अभियानकर्मिहरुको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दै ” बिदाई तथा फेरि भेटौंला” कार्यक्रममा सम्मान गरेको गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले जानकारी दिनुभयो। सम्मान गर्न आयोजित कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद दहाल, पत्रकार इन्सेकका प्रतिनिधि जयकृष्ण यादव,अधिकारकर्मी सरस्वती लुइटेल, सरिता घिमिरे कार्की, विमला घिमिरे, अल्बिना प्रविण सहितको उपस्थिति रहेको थियो।