सुरेन्द्र कुशवाहा । इनरुवा
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा नयाँ अभ्यासको सुरुवात गर्नुभएको छ । जिल्लाबाट सरुवा भएर जादाँजादै सीडियो पाण्डेले शान्ती, सुरक्षा र नागरिकको हित सहित सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले यो नमुना र नयाँ अभ्यासको सुरुवात भएको जनाएको छ ।

जिल्लामा राष्टिय तथा स्थानीय मिडियामा सुशासनको पक्षमा कलम चलाउने पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक कार्यक्रमका बीच आधा दर्जन बढी पत्रकारलाई सम्मान गरिएको हो ।


सुनसरीको समग्र शान्ति सुरक्षा कायम गर्न, आवश्यक सूचना सम्प्रेषण गर्न, सार्वजनिक सेवा प्रवाहमा सरलीकरणगरि जनगुनासा सम्बोधन गर्न, सुचना आदानप्रदान तथा व्यवस्थापन गरि जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादनको नागरिकस्तरमा प्रचारप्रसार गर्नुका साथै व्यवसायीक पेसाको मर्यादामा रहि इमानदार तरिकाले बस्तुनिष्ठ सूचना सम्प्रेषण गर्ने गोरखापत्र दैनिकका समाचारदाता जयकृष्ण यादव सहितका पत्रकारहरुलाई सराहनीय कामको उच्च कदर गर्दै प्रशांसा पत्र प्रदान गरिएको जनाएको छ ।
प्रजिअ पाण्डेबाट सुशासनका पक्षमा कलम चलाउने सम्मानितहरुमा गारेखापत्र दैनिकका जयकृष्ण यादव, नागरिक दैनिकका पत्रकार तथा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडका , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य इकवाल अहमद ,महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका कोषाध्यक्ष अजितकुमार झा, पत्रकार राजेन्द्र पोखरेल ,हिमाल दाहाल, कान्तीपुरका अर्जुन पोडेल, पत्रकार प्रमोद यादव , जजन्युज र सत्य संसार साप्ताहिकका पत्रकार सुरेन्द्र कुशवाहा सहित रहनुभएको छ । उहाँहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रशांसापत्र प्रदान गर्नुभएको थियो । सम्मानितहरुलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट सफल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्नुभएको थियोे । सम्मान कार्यक्रममा जिल्लाका सुरक्षाअधिकारीहरु, कार्यालय प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।

मानवअधिकारकर्मीद्धारा पाण्डेको विदाई
सुनसरीको विभिन्न क्षेत्रमा रहेर मानवअधिकार र महिला अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरुले यस जिल्लाबाट सरुवा भई बागमती प्रदेश जानलाग्नुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई सम्मान सहितको विदाई गरिएको छ । प्रजिअ पाण्डेले आफ्नो १० महिने जिल्ला बसाईको क्रममा गर्नुभएको मानवअधिकारमैत्री कार्य, अधिकारकर्मीसंगको समन्वय, समग्र शान्ती सुरक्षा, अमनचयन र नागरिकले अनुभुत गर्ने सुशासनको पक्ष योगदान गरेको भन्दै मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक संजाल, मिसन नेपाल सहितले संयुक्त रुपमा सम्मान गरेको हो ।
मानवअधिकार जिल्ला संयोजक रमेश भट्टराईको अगुवाईमा अधिकारकर्मी तोया गिरी पोदार, सरस्वती लुईटेल, सहजादी प्रविण सहितले समग्र सुशासनको पक्ष योगदान रहेको भन्दै सम्मान गरेको हो ।