मोसीम आलम । बबिया
सुनसरी ईनरुवा नगरपालीका वडा नं ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा चोरी भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेट चोरी भएको हो । विद्यालयको प्रशासन कार्यालय रहेको र त्यसमा प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा लेखापालको कार्यकक्ष रहेको ठाउँबाटै नेम प्लेट चोरी भएको हो । प्रधानाध्यापक श्यामदेव मेहता विद्यालय बाहिर गएकोमा उहाँले निमितको जिम्मा दिएको शिक्षक तेजनारायण यादवले कार्यकक्षबाटै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेत चोरी गराउनुभएको छ । विद्यालयमा गत शुक्रबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले समयको पालन नगरेको भन्दै शिक्षक तेजनारायण यादव, रामानन्द मण्डल सहितलाई स्पस्टीकरण सोधेपछि सोही रिसिबीका आधारमा यादवको नेम पेलेर चोरी गरेको हुन सक्ने श्रोतले जनाएको छ ।

चोरी हुदाँ खाली


चोरीको सूचना दिएपछि फीर्ता भएको नेम पलेट

शिक्षहरुले आफूमा सुधार गर्नुपर्नेमा पुनः स्पस्टीकरणबाट जोगिन नाटकीय ढंगबाट सोमबार विनासूचना कक्षा नलिई विद्यार्थीलाई त्यसै घरपठादिएकाले अभिभावकहरू आक्रोशित बनेका थिए । त्यसपछि अध्यक्ष यादवले नगपालिकाको प्रतिनिधिको उपथीतीमा कक्षा नियमित गरायनुभएको थियो । यादवले विद्यालयमा नियमित पठनपाठन गर्न र कक्षा ११ चलाएको आधारमा असहयोग गर्ने नियतले नेम प्लेट समेत चोर्नेसम्मको हर्कत गरेको भन्दै चोरीको निन्दा गर्नुभएको छ । यता यादवले शिक्षक र विद्यार्थीबीचमा आफ्नो नेम पेलेट चोरी भाएको सूचना सार्वजनिक गरेपछी शिक्षक तेजनारायण यादवले नेम प्लेट चोरेको ठाउँमा फिर्ता गरेको थिए ।