गढी विद्यालय व्यवस्थापन समिति महासंघमा यादव
मोसीम आलम । गढी
सुनसरीको गढी गाउँपालिकाका सामुदायिक विद्यालयहरुको समितिको भेलाबाट सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । प्रथम गढी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको सम्मेलनबाट जनता माविका शिवशंकर यादवको अध्यक्षतामा १३ सदस्य महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा जाबिर साफी, सचिवमा कृष्णलाल दास थारु, सहसचिवमा पवीत्रि कुमारी चौधरी र कोषाध्यक्षमा मो( सरिफ चयन हुनुभएको छ । त्यसैगरी महासंघको सदस्यहरुमा ललितादेवी यादव, भागवत चौधरी, भानु हजारी, उपेन्द्रनारायण यादव रहित रहनुभएको छ । निर्वाचित भएको महासंघका पदाधिकारीहरुलाई गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साह, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरिबहादुर कार्की र महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादव सहितले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रमाण पत्र वितरणसगैं सपत ग्रहण समेत राएको महासंघले जनाएको छ ।
प्रमुख अथिति गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महासंघको भुमिका आवश्यक रहेको बताउनुभयो । अभिभावक शिक्षादेखी सचेतना फैलाउनेसम्मको काममा महासंघलाई अग्रसर भएर लाग्न सुझाव दिनुहुदै महासंघलाई आवश्यक समनन्वय, सहकार्य र सहयोग गर्ने बचन दिनुभयो ।
महासंघ गठनका लागि निर्बाचन मण्डलमा जनता मावि सतैरझोराका प्रधानाध्यापक अमरेन्द्र चौधरी, ईनरुवा नगरपालीका वडा नं ९ बबियाको सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव र पब्लिक हाई स्कूल धरानका अध्यक्ष हरिबहादुर कार्की सहित रहनुभको थियो ।