इनरुवा, मंसिर १८ गते । सुनसरीको इटहरी उपमहानगरपालिकामा एक जेष्ठनागरिक महिलाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका २ की ७० वर्षिया मधुमाया पुरीको हत्या भएको हो । सोमबार दिउसो २ बजेको समयमा इटहरी उपमहानगरपालिका २ का ४० वर्षिय सन्तोश राईको खुकुरी प्रहारबाट जेष्ठनागरिक महिला पुरीको ज्यान गएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते हुुनुभएकी पुरीको तरहरा सामुदायिक अस्पातलमा उपचारको क्रममा केही बेरमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार शवको पाष्टमार्टमका लागि पठाएको छ भने खुकुरी प्रहार गर्ने सन्तोश राईलाई खुकुरी सहित गिरफ्तार गरेको छ । घटनाको थप अनुशसंधान भईरहेको भण्डारीले जानकारी दिनुभयो ।