जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर १८ गते । सुनसरीको सीमावर्ती क्षेत्रको स्थानीय बजारमा अपराधीक घटना नहुनदिनका लागि र शान्ती सुरक्षामा मद्धत होस भन्ने उदेश्यका साथ हरिनगर गाउँपालिकाको रामनगरभुटाहा बजारमा सिसिटिभी जडान गरिएको छ । गाउापालिकाको लगानीमा सामुदायको माग र उद्योगी व्यवसायको समन्वयमा भुटाहा बजारको प्रवेशदेखी निकाससम्मको स्थानमा सिसिटिभी जडान गरिएको हो ।

हरिनगरको भुटाहा बजारमा जडान भएको सिसिटिभीको गाउँपालिका अध्यक्ष हाजी गफार अंसारी तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख वीपीन रेग्मी, प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । जडान गरिएको सिसिटिभीको निगरानी कक्ष वडा कार्यालय प्रहरी चौकीले गर्ने जनाएको छ ।