इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले अर्थ मन्त्री रामेश्वर खनालसँग भेटघाट गर्नु भएको छ। मन्त्रीलाइ भेट गरी इनरुवा-३ मा निर्माणाधीन अधुरो सभाहल निर्माण प्रक्रियालाई आगाडि बढाउन र बजेट फुकुवाका लागि भण्डारीले अनुरोध गर्नुभएको छ ।

मन्त्री खनालले काम तत्काल अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएको प्रतिकृया दिनुभएको छ ।