सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको सूर्य किरण एकेडेमीमा प्रवोधन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्कूलका विधार्थीहरुलाई नैतिक चरित्रको बारेमा जानकारी सहित सचेतनाका लागि प्रवोधन कार्यक्रम सम्पन्न गरेको हो । सनातन कुटुम्ब नेपालको आयोजनामा संचालित सनातन दृष्टिमा जीवन प्रबंधन कार्यक्रम अन्तर्गत स्कूलका विद्यार्थी केन्द्रित प्रबोधन कार्यक्रम गरेको आयोजक असोक चितलागिंयाले जानकारी दिनुभयो ।


आफ्नै स्तरमा प्रकृति संरक्षणको पहल गर्न एवं स्वस्थ आचार विचारको आग्रह, संस्कृतिनिष्ठ जीवनशैली तर्फको ध्यानाकर्षण, राष्ट्र स्वधर्म स्वसंस्कृति प्रतिको निष्ठाबोध एवं संरक्षणबोध, स्वविवेकयुक्त समुचित जोखिम रहित सौहाद्र्रपूर्ण सम्यक् जीवन प्रबंधनको मार्गचित्र प्रस्तुतिकरण, बढदो आत्महत्याका घटना निरुत्साहित गर्न भावनात्मक रूपको प्रयास स्वरुप प्रबोधन कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा शंखनाद (यांत्रिक वा व्यक्तिद्वारा)
आसन ग्रहण (विद्यालय प्रतिनिधिद्वारा) गरेकोमा कार्यक्रमको अध्यक्षता स्कूलका प्रधानाध्यापक मनोजकुमार यादवले गर्नुभएको थियो । प्रबोधनमा प्रारम्भिक कार्यदल सदस्य दामोदर न्यौपाने, स्वात्मान बोध कार्यक्रम संयोजक अशोक चितलांगिया, प्रबोधन दोस्रो भाग संस्कृति संवद्र्धक पंण्डित रमेश निरौला, नैतिकता, सभ्य व्यक्ति एवं सुसंस्कृत समाजको दर्पण श्याम साह, योग र ध्यानको बारेमा तुलसा खतिवडा, सुख शान्तिका लागि स्वस्थ शरीर, मस्तिष्क सबल बनाउन तर्फको ध्यानाकर्षण बारेमा नरेश यादव सहितले प्रबचन दिनुभयो ।

आयोजक पवन चितलांगियाले विश्वका चर्चित व्यक्तिहरुको संर्घष र सफलताको कथा सुखान्तका लागि ध्यानकर्षण मन्तव्य राख्नु भएको थियो । यसैबीच कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रेम कुमार सरदारको १६ औं जन्मदिवस सनातन विश्वास अनुरूप मनाइएको छ ।
प्रबोधनमा सहभागि विद्यार्थीका लागि प्रेरणा शारीरिक सबलता, सफलताका लागि संवेग व्यवस्थापन स्वच्छता, चरित्र, नैतिक चरित्र,रील तथा स्र्ट भिडियो सम्बन्धित विचार, सहयोग भाव, स्वास्थ्य विचार, दुव्र्यसनमुक्त र शुभभावको बारेमा प्रबचन दिनुभएको थियो । अतिथिहरु प्रधानाध्यापक बलराम चौधरी, शिक्षक नरेश यादव सहितले बोल्दै कार्यक्रम एकदमै सार्थक भएको बताउनुभयो ।

प्रबोधन कार्यक्रम संचालनमा प्रमुख अतिथि इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले बालबालिकाहरुलाई इमान्दारिता, नैतिकता, सभ्य व्यक्ति एवं सुसंस्कृत समाजको दर्पणको बारेमा जानकारी दिन कार्यक्रम सफल भएको बताउनुभयो ।


सनातन कुटुम्ब नेपालका तर्फबाट नेपाल आमाको चित्रमा पुष्पार्पण गर्दै कार्यक्रम संचालक पवन चितलांगियाले आचरण, सत्य, न्याय र सुशासन सिकाउन प्रवोधन कार्यक्रम गरेको बताउनुभयो ।