काठमाडौँ, पुस १० गते ।  त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिएको छ ।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भएका छन् ।

त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् तर यस समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्तमा बधाई
  यसैबिच त्रिभुवन विश्वविद्यालयको ५१ औं दिक्षान्त समारोहमा एतिहासिक रुपमा काठमाडौंमा दिक्षित हुनु भएकोमा सुनसरीको इनरुवा नगरपालिका १० जल्पापुरको श्री आधारभूत विधालयका प्रधानाध्यापक देव कृष्ण यादव, भोक्राहा नर्सिङको आधारभूत विधालयमा प्रधानाध्यापक रहनुभएका सबिर आलमलाई सामुदायिक विधालय व्यवस्थापन समिति महासंघको सुनसरी सचिव जयकृष्ण यादवले हार्दिक बधाई दिनु भएको छ।

उहाँले सबै दिक्षित हुनुभएकाहरुमा बधाइ सहित थप सफलताको शिखरमा पाइला पुगोस् शुभकामना दिनुभयो। यादवले यो स्नातकोत्तर तहसम्म सफलताको शिखरमा पुर्याउनको लागि प्रमुख भुमिकामा रहनु भएको सबैका बुवा आमा र आफन्तहरू तथा प्रध्यापकहरुमा धन्यवाद सहित बधाई तथा शुभकामना दिनु भयो।