सुनसरीको देवानगञ्ज गाउँपालिका ७ राजगंन्ज सिनुवारीमा भएको सय मिटर बाटो ढलानमा सात लाख खर्च गरेको भएपनि गुणस्तरहिन काम भएको स्थानीयहरुले दावी गरेका छन् । गाउँपालिकाको स्टिमेटमा दुवै पट्टि तल देखि माथिसम्म कोर बनाउनुपर्नेमा केही नगर गुणस्तरहिन काम गरेको आरोप बाहिर आएको छ । केही महिना अघि निर्माण भएको र कमिसनको कारणले लापवार्हीपूर्ण काम भएको आरोप आएको छ । स्थानीय गणेश यादवले गुणस्तरहिन काम किन् पास, कसरी भयो, कति कमिसनमा खेल भयो भनेर प्रश्न गर्नुभएको छ ।

यादवका अनुसार चरम लापरवाहीले देवांनगंज गापाको वडा नम्बर ७ भवानीपुर टोलमा १०० मिटर बाटो ढलान राता रात भएको थियो र ठेकदार जसपाका जिल्ला सदस्य भएको बताईन्छ ।
ठेक्केदार र प्राविधिक सहित उनीहरुलाई ध्यान दिनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी देवनगञ्ज गापा संगठन प्रमुख गणेश प्रसाद यादवले आग्रह गर्नुभएको छ । स्थानीय युवाहरुले गुणस्तरहिन काम गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।
उता देवानगञ्ज गाउँपालिकाका प्राविधिक चन्देश्वर सिँहाले देवानगञ्ज गाउँपालिकामा कुनै पनि काममा अनियमितता र गुणस्तरहिन काम नभएको प्रतिकृया दिनुभयो ।