इनरुवा, माघ २५ गते । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्नुहुने यादव समुदायका पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । नेपाल यादव सेवा समिति सुनसरीले आफ्नो प्रथम जिल्ला सम्मेलनको अवसर पारेर यादव समुदायका पत्रकारहरुलाई सम्मान गर्ने भएको हो । माघ २३ गते बसेको नेपाल यादव सेवा समिति सुनसरी प्रथम जिल्ला सम्मेलन तयारीको वैठकले विभिन्न संचारमाध्यममा सुनसरी कार्यक्षेत्र बनाएर काम गर्नुहुने यादव समुदायका पत्रकारहरुलाई सम्मान गर्ने निणर्य गरेको हो ।

जिल्लामा सकृय रुपमा दुई दशक बढी समयदेखी कार्यरक्त रहनुभएका धरानका पत्रकार राजेश विद्रोही यादव, इटहरीका सन्तोश यादव, दुहवीका आषिश कुमार यादव, इनरुवाका नवप्रवेशी पत्रकार तथा प्रकाशक ममताकुमारी यादव, गनेशकुमार यादव, पारश यादव, भोक्राहा नरसिंहका विनायक प्रसाद यादव, दिपेन्द्र यादव र रविन्द्र यादव, कोशीका देवराज यादवलाई सम्मान गर्ने जनाएको छ ।

जिल्लामा कृयाशित पत्रकार जयकृष्ण यादव र प्रमोद यादव भने जिल्ला कार्य समितिमा रहनेकाले उहाँलाई अर्को सम्मेलनमा सम्मान गर्ने भएको छ ।