नेपाली कम्युनिस्ट पार्टीको हरिनगर गाउँपालिकास्तरीय एकता सन्देश सभा

जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस १३ गते । नेपाली कम्युनिस्ट पार्टी सुनसरीले हरिनगर गाउँपालिकास्तरीय पार्टी एकता सन्देश सभा सनिबार सम्पन्न गरेको छ ।

सुरेश शर्माको अध्यक्षता र पार्टीका नेता महफुल आलम, योगेन्द्र मण्डल, पदम अधिकारी, दिलमहमद मियाँ सहितको उपस्थितीमा हरिनगर गाउँपालिकास्तरीय एकता सन्देश सभा सम्पन्न गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले हरिनगर स्थित सन्देश सभा कार्यक्रम गर्दै पार्टीहरुको बीचमा एकता भएको सन्देश सभाले दिएको जानकारी गराएको हो । सभामा केन्द्रीय नेता, प्रदेश र स्थानीय नेताको उपस्थिति रहेको नेकपाले जनाएको छ ।

साविक माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र मण्डल र एकीकृत समाजवादीका केन्द्रिय सदस्य महफुज आलम सहितले नेपाली कम्युनिस्ट पार्टीको एकता औचित्यको बारेमा बोल्नुभएको थियो ।
